Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सत्ताको दम्भः मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै ट्रक चालकलाई कारबाही

खबरडबली संवाददाता

कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ। 

मन्त्री कार्कीको लु १ झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडी रहेका छन् । ती ट्रक चालकहरूलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ । मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीले जर्बजस्ती कारबाही गर्न निर्देशन दिएका थिए।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन् ।

 ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने, साइड मिररबाट मन्त्री चिन्न सकिन्न, पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेको समेत चालकहरूले दुखेसो पोखे ।

मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए । गाडी आफैमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले बाटो छेक्दै गाडीको भिडियो बनाइरहेका थिए, र हर्न बजाउँदा पनि सडक जाम गर्न थालिसकेपछि कारबाही सिफारिस गरिएको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending