Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

घर–घरमा धारा जोडिएपछि छिमेकीको पर्खाई

खबरडबली संवाददाता

दोलखा ।  पिउने पानीको समस्या भोगिरहेका दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीका स्थानीयको घर– घरमा अहिले धारा जोडिएको छ । पानीकै समस्याका कारण गाँउ छोडेका स्थानीय घर– घरमा धारा जोडिन थालेपछि आफ्नै थातथलो फर्कन लागेको वडा नम्बर– ४ का वडा अध्यक्ष दिपक खुलालले बताएका छन् ।

कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ हिलेपानीमा एक सय २६ घरधुरी रहेको छ । त्यसमा करिब ७० घरधुरीका मानिस राजधानि काठमाडौँमा रहेको वडा अध्यक्ष खुलालले बताए । घर छोडेका धेरै स्थानीय पानीको समस्याकै कारण हिडेका हुन् वडा अध्यक्ष खुलालले भने– त्यसैले वडाको विशेष पहलमा अहिले प्रत्येकको घर– घरमा धारा जोडिएको छ ।

गाउँमा सडक पुगिसकेको छ, घर– घरमा धारा पनि जोडिसकियो वडा अध्यक्ष खुलालले भने– अब राजधानि पुगेका स्थानीय आफ्नै थातथलो फर्कने अपेक्षा गरेका छौं । स्थानीय दिपक घिमिरे, चित्रशङ्कर घिमिरे, ताराशङ्कर घिमिरे, ताराबहादुर कार्की लगायत आफ्नो थातथलो फर्कीसकेको वडा अध्यक्ष खुलालको भनाई छ ।

स्थानीय जेष्ठ नागरिक गंगामाया भण्डारी पनि हिलेपानीका धेरै छिमेकी पानीको समस्याकै कारण घर छोडेर राजधानी हिडेको बताउछन् । केही समय अघिसम्म हिलेपानीका मानिसले पानी खान हिलेपानी स्कूल नजिकको ठूल्धारामात्र थियो गंगामायाले भनिन्पा–नी थाप्नेको भीड हुने भएकोले एक गाग्री पानीको लागि घण्टौ पर्खनु पथ्र्यो ।

अर्को स्थानीय जेष्ठ नागरिक रत्नमाया खतिवडा हिलेपानीमा केही समय अघिसम्म एउटामात्र धारा भएकोले पानी लिन एक( दुई घण्टा टाढासम्म जानुपर्ने अवस्था रहेको बताछिन् । अहिले वडाले घर– घरमा धारा जोडिदिएको छ, गाउँमा सडक पनि आएको छ रत्नमाया सनाउ छिन् – अब घर छोडेर नेपाल गएका छिमेकी फर्कने आशामा छौं ।

कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ को पहलमा दुईबर्ष अघि हिलेपानी र माथिल्लो गुमुमा सुरु भएको मिरेक्पा संस्कृतग्राम खानेपानी आयोजनाले अहिलेसम्म एक सय १६ घरमा धारा बनाई सकेको र अब २४ वटा घरम धारा बनाउन बाँकी रहेको वडा अध्यक्ष दिपक खुलालले बताए ।

वडाको पहलमा कालिञ्चोक गाँउपालिकाले क्रमागत बजेट अन्र्तगत सुरु गरेको वडा नम्बर ३ र ४ लक्षित खानेपानी आयोजनाको लागि ११ किलोमिटर टाढा मिरेक्पाबाट पानी ल्याईएको वडा अध्यक्ष खुलालले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending