काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको तथा चीनका सामान निर्यातमा शुल्क बढाउने घोषणा गरेसँगै युरोप र एशियाका शेअर बजारहरू ओरालो लागेका छन्।
ट्रम्पले युरोपेली सङ्घ ईयूको हकमा समेत "निश्चित रूपमा" शुल्क बढाइने बताएका छन्।
जर्मन र फ्रेन्च शेअर बजार करिब दुई प्रतिशतले तल झरेको छ जहाँ कार उत्पादक कम्पनीहरूको शेअर मूल्यमा नराम्रो असर परेको छ। लन्डनको एफटीएसई १०० चाहिँ एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
बलियो डलर
मुद्रा बजारहरूमा अमेरिकी डलर बलियो भएर आएको छ जसको मूल्य चिनियाँ युआनविरुद्ध कीर्तिमान स्तरमा उच्च देखिएको छ। अर्कोतर्फ क्यानडेली डलरको मूल्य सन् २००३ यताकै न्यून बिन्दुमा झरेको छ।
लगानीकर्ताहरूका लागि एउटा अस्तव्यस्त समय आउने देखिएको छ जब ठूला कम्पनीको आम्दानी प्रभावित हुन सक्ने र विश्वव्यापी आर्थिक वृद्धि घट्न सक्ने ठानिएको छ।
क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ। विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत लेभी लाग्ने भएको छ।
क्यानडा र मेक्सिकोले जवाफ स्वरूप आफूहरूले पनि अमेरिकी वस्तुहरूमा शुल्क लगाउने बताएका छन्। चीनले "जवाफी कदमहरू" चाल्ने वाचा गर्दै ट्रम्पका कदमहरूलाई विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा चुनौती दिने बताएको छ।
ट्रम्पले अवैध औषधिहरू तथा आप्रवासीहरूको प्रवाह रोक्नका निम्ति शुल्क लगाउन आवश्यक रहेको तर्क गरेका छन्। आइतवार राति उनले ईयूमाथि "निश्चित रूपमा" शुल्कहरू लगाइने बताए। यद्यपि यूके "त्यसभन्दा बाहिर रहेको" र एउटा समझदारी हुन सक्ने उनले उल्लेख गरे।
लगानीकर्तामा त्रास
"पूर्ण स्तरमा व्यापार युद्ध हुने सम्भावनाका कारण लगानीकर्ताहरू त्रसित देखिएका छन्," हाग्रीभ्ज लेन्जडाउनस्थित मनी एन्ड मार्केट प्रमुख सुसानाह स्ट्रीटरले भनिन्। कार निर्माता कम्पनीहरूको शेअरमा सबैभन्दा ठूलो गिरावट आएको छ। कनकि थपिएको शुल्कबाट सबैभन्दा बढी जोखिममा पर्ने क्षेत्रको रूपमा त्यसलाई हेरिएको छ।
जापानमा टोयोटाको शेअर मूल्यमा ५ प्रतिशतले र होन्डाको मूल्यमा ७.२ प्रतिशतले गिरावट आएको छ। युरोपमा स्टेलान्टिसको शेअर मूल्य ७ प्रतिशतले घटेको छ भने भोक्सवागेनको मूल्य ६ प्रतिशतले ओरालो लागेको छ।
मेक्सिकोबाट अमेरिकामा टकीला निर्यात गर्ने पेय पदार्थ उत्पादक डिआजिओको शेअर कारोबार ३ प्रतिशतले घटेको छ। एजे बेलस्थित लगानी निर्देशक रस मोउल्डले भनेः "शुल्क वृद्धिले उच्च महँगी निम्त्याउन सक्छ र तत्कालका लागि थप ब्याजदर कटौतीलाई रोक्न सक्छ- त्यो भनेको लगानीकर्ताहरूले चाहेको भन्दा ठीक विपरीत हो।"
मङ्गलवार रातिबाट क्यानडा र मेक्सिकोको हकमा शुल्क लागु हुने बताइएका बेला ट्रम्पले ती देशका नेताहरूसँग सोमवार राति कुराकानी गर्ने बताएका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: