Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

देवचुलीमा ट्रमा सेन्टर बनाउन ६४६ रुख कटानी गरिने

फाइल फोटो
खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६  रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए । 

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली – १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो । 

जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु एक करोड ६० लाख सात हजार सट्टाभर्नास्वरूप वन तथा भू–संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो । 

सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू–संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालकप्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगरप्रमुख न्यौपानेले बताए। ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताए । 

बहुवर्षे योजनाअन्तर्गत यस वर्ष रु १० करोडको स्रोत सुनिश्चित भएको उहाँको भनाइ छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र  ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताए ।

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगरप्रमुख न्यौपानेले बताए । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुलीमात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उहाँले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending