काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिरूद्द रबि लामिछानेको समुह लागेको आरोप लागेको छ ।
नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ठाउँ ठाउँबाट अयोग्य साबित हुदाँ पनि अझै शोभा पाठकलाइ प्रयोग गरिरहेको पुरीको आरोप छ ।
‘६ महिना अगाडि नै नेकपा एमाले का युवा नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको उजुरीमा उच्च अदालतले दाबी नपुग्ने ठहर गरेको थियो। प्रमाण अभावका कारण प्रहरी र सरकारी वकिलले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरे, जुन अदालतले सदर गरिसकेको छ’ उनले भनेका छन् ।
भारतको अस्पतालमा पाठकको उपचारको क्रममा जबर्जस्ती पति उल्लेख गर्न लगाएको पुरीले जनाएका छन । सो कार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानको समुह लागेको उनको दावी छ । ‘तर, तीन महिना अगाडि षड्यन्त्रकारीहरूले नयाँ नाटक गरे। रबि लामिछानेको आदेशमा राजिव खत्री, निकिता पौडेल र ज्वाला संग्रौलाले मिलेर नेपाल महिला संघ, ललितपुरकी शर्मा नामकी महिलालाई प्रयोग गरी हरियाणा, भारतसम्म पुर्याए। त्यहाँ ५ हजार घुस खुवाएर तुलसी मेन्टल अस्पतालमा मानसिक उपचार गराएको नाटक गरे। त्यसै अस्पतालको कागजातमा पति महलको स्थानमा महेश बस्नेतको नाम लेखाइयो,’ पुरीले भनेका छन, ‘पछि, सुरेन्द्र भण्डारीमार्फत उक्त नक्कली कागजातलाई पुरक प्रमाण भन्दै प्रहरीसमक्ष बुझाइयो। तर, प्रहरी र सरकारी वकिलले गहिरो अनुसन्धान गर्दा यो झूटो र षड्यन्त्रपूर्ण योजना भएको पुष्टि भईसकेको छ।’
शोभा पाठकले लगाएको आरोपमा कुनै सत्यता नभएको महासचिव पुरीको दावी रहेको छ । ‘यसअघि पनि भारतमा बनाइएका नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएका सेना, प्रहरी, र कर्मचारीहरूको जागिर अख्तियारले खोसिसकेको छ। तर, अब झूट्टा प्रमाण र षड्यन्त्रको आधारमा महेश बस्नेतको उर्जावान राजनीति समाप्त पार्ने सपना देख्ने षड्यन्त्रकारीहरूको अन्त्य हुने छ।’
राजिब खत्री, ज्वाला संग्रौला, शोभा पाठक र उनीहरूका मतियारहरूले षड्यन्त्र र हनी ट्र्याप को माध्यमबाट एमालेका युवा नेतालाई फसाउने दुष्प्रयास गरेका छन । अब यी सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। एमालेका नेताविरुद्ध षड्यन्त्र गर्नेहरूका दिवासपना चकनाचुर हुनेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १७:५५
मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...
आषाढ़ २९ गते, २०८३ - १७:३६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...
आषाढ़ २९ गते, २०८३ - १७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...
आषाढ़ २९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...
आषाढ़ २९ गते, २०८३ - १६:४८
काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...
आषाढ़ २९ गते, २०८३ - १६:४०
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...
आषाढ़ २९ गते, २०८३ - १६:२२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...
आषाढ़ २९ गते, २०८३ - १६:००
कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...
आषाढ़ २९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...
आषाढ़ २९ गते, २०८३ - १५:०४
काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...



प्रतिकृया लेख्नुहोस्: