काठमाडौं । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘‘रित्तो गाउँ’ ले छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ।
शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश वोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे। यस प्रोजेक्टका निर्देशक ज्ञवाली कार्य व्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टिम, र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, –‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु। यो अवार्डले सम्पूर्ण टिमलाई अझ बढी जिम्मेवार बनाएको छ।’
फिल्म महोत्सवमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, र विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘‘रित्तो गाउँ’ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो।
गत वर्ष निर्माण भएको ‘‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ । यसअघि पनि यसले केहि अवार्ड जितिसकेको छ । नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरूको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो । ‘रित्तो गाउँ’ हेर्नेहरुले अनाठो प्रस्तुतिकरण भनेका छन् । फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ। यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले बताए ।
‘रित्तो गाउँ’मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कँडेल निर्माता हुन्। चार्डर एकाउन्टेन्ट पेशामा आवद्ध उनीहरुको टिमले यस फिल्म तयार पार्न लगभग १ बर्ष समय खर्चिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: