बिजुवार । अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गरेको हो । उनीहरू नाताले ज्वाइँ–सासु हुन् । लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन् ।
उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान ८ः३० बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएको थिए।
टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या गरेको निष्कर्ष निकालेको छ ।
रोजगारीका सिलसिलामा श्रीमान् भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आएको थियो । उनले सुरुमा चिन्तामणिसँग सम्वन्ध अगाडि बढाए। चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो । श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग यौन सम्बन्ध बढाएको थिए, जेदुले ।
एक वर्ष अघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन् । दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणीले चुकुल लगाएर थुनेका थिए । त्यही रिसइबिको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले बताए।
‘‘यहि माघ १७ गतेका दिन राति फोनमार्फत जेदुले चिन्तामणीलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको हो ।,’’ प्रहरी निरीक्षक केसीले भने, ‘‘चिन्तामणीलाई उनीहरुले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’’
हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिएको थिए। प्रहरीले घटना भएको चौबिस घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरेको छ ।
उनीहरूबिचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसइबिका कारण हत्या भएको प्रहरी निष्कर्ष छ । लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकार गरिसकेका छन् । उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...
आषाढ़ २१ गते, २०८३ - १४:०६
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...



प्रतिकृया लेख्नुहोस्: