Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

राष्ट्रिय गौरवको आयोजना नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

खबरडबली संवाददाता

नवलपरासी ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । 

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । ‘यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ,’ उनले भने,‘ुपुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।’ पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उनको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो,ु उनले भने, ुदाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेका उनको भनाइ छ । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उनले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताए ।

‘जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किमी कालोपत्रको तयारी भएको छ,ु उनले भने, ुगैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।’ दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताए ।

यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने ९६५ किलोमिटर० र दाउन्ने–बुटवल (४९ किमी ) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।

तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७–७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६–६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलले नेता शर्मा सांसद पदबाट निष्कासन

कर्णाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालीन माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको ...

१३ वर्षीया बालिका करणी आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१०, भ...

निर्वाचनमा सक्रिय हुन प्रचण्डको कार्यकर्तालाई निर्देशन

 पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सद...

धनकुटामा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा सञ्चालन गरिएको छ। नेपाल...

लमजुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भुजुङबाट बेँसी...

मोरङमा अवैध हतियारसहित दुई जना पक्राउ

मोरङ   । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार र प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा प्रहरीले अवैध हतियार र सञ्चार उप...

नवलपरासी सुस्तामा नेपालीको लालपुर्जा, भारतीय नागरिकको जोतभोग

पश्चिम नवलपरासी  । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले ज...

दैलेखमा बँदेल आक्रमणबाट दुईको मृत्यु, ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा माग्दै रिट

दैलेख । जंगली बँदेलको बढ्दो आक्रमण नियन्त्रण गर्न र प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा सार्वजनिक...

एलपीजी अभावको गुनासोपछि टेकुबाटै ग्यास बिक्री सुरु

काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गर...

तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE