नेपालगन्ज। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्पे्ररित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लामा मतदाता शिक्षाका लागि आठवटै स्थानीय तहमा अधिकृत स्तरका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर गाउँगाउँमा पुर्याउन थालिएको हो ।
उनले मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा स्वयंसेवक परिचालन गर्न पत्राचार गरिएको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक पनि परिचालन गरिने बताए।
निर्वाचन अधिकारी शाहीले भने, “निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ ।” उहाँका अनुसार मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा तोकिने सम्पर्क व्यक्तिहरुलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुन: स्थानीय तहका वडाहरुमा छनोट भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्याउने लक्ष्य लिइएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा १३९ मतदानकेन्द्र र ४०० मतदानस्थल रहेका छन् । यस पटक मतलाई कम भन्दा कम बदर हुन दिने गरि मतदाता शिक्षाको कार्यक्रम तयार गरिएकोले बदर मतको संख्या विगतका निर्वाचन भन्दा निकै कम हुने आशा गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
जिल्लाका सहरी क्षेत्रहरुभन्दा ग्रामिण क्षेत्रहरु र त्यसमा पनि दुर्गम मानिने ग्रामिण क्षेत्रहरुमा मतदाता शिक्षा अतिनै आवश्यक भएकोले औपचारिकतामा मात्र सिमित नभई गम्भीरतापूर्वक मतदाता शिक्षा दिनु आवश्यक रहेको नागरिक सरोकार मन्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...



प्रतिकृया लेख्नुहोस्: