Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

अख्तियारका प्रमुख आयुक्तलगायत १० जनालाई मार्ने धम्की दिएका प्रकाश पाठकविरुद्ध ६ मुद्दा विचाराधीन

खबरडबली संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत अन्य १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध यसअघि नै ६ वटा मुद्दा दर्ता भएको पाइएको छ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतका व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका काभ्रे तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्स बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकविरुद्ध विभिन्न कसुरमा पहिले नै मुद्दा दर्ता रहेको पाइएको हो।

पाठकलाई आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले एनसीबी मनिलासँग समन्वय गरी फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार पाठकविरुद्ध विभिन्न मितिमा केही सार्वजनिक अपराध, ठगी सम्बन्धी कसुर, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने, आपराधिक षड्यन्त्र गर्न नहुने लगायतका ६ वटा मुद्दा दर्ता भएका छन्।

उनले आफूलाई ‘एक्स्ट्रिम ग्रुप अफ नेपाल’ को अध्यक्ष बताउँदै सन् २०२५ अक्टोबर २२ मा प्रयोग गरिएको इमेलमार्फत विभिन्न व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिई आपराधिक षड्यन्त्र, आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध निवारण ऐन, २०७० विपरीतका कसुर गरेको प्रहरीको भनाइ छ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलले नेता शर्मा सांसद पदबाट निष्कासन

कर्णाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालीन माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको ...

१३ वर्षीया बालिका करणी आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१०, भ...

निर्वाचनमा सक्रिय हुन प्रचण्डको कार्यकर्तालाई निर्देशन

 पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सद...

धनकुटामा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा सञ्चालन गरिएको छ। नेपाल...

लमजुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भुजुङबाट बेँसी...

मोरङमा अवैध हतियारसहित दुई जना पक्राउ

मोरङ   । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार र प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा प्रहरीले अवैध हतियार र सञ्चार उप...

नवलपरासी सुस्तामा नेपालीको लालपुर्जा, भारतीय नागरिकको जोतभोग

पश्चिम नवलपरासी  । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले ज...

दैलेखमा बँदेल आक्रमणबाट दुईको मृत्यु, ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा माग्दै रिट

दैलेख । जंगली बँदेलको बढ्दो आक्रमण नियन्त्रण गर्न र प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा सार्वजनिक...

एलपीजी अभावको गुनासोपछि टेकुबाटै ग्यास बिक्री सुरु

काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गर...

तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE