धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा सञ्चालन गरिएको छ। नेपाल कानुन समाज धनकुटाले विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र सरोकारवालासँग आचारसंहिता कार्यान्वयनबारे अन्तरक्रिया गरेको हो।
छलफलमा सहभागिहरूले आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निर्वाचन आचारसंहिताका विभिन्न प्रावधान, यसको पालना र आवश्यक तयारीबारे जानकारी दिएका थिए।
खड्काले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवालाले आचारसंहिता पूर्णरूपमा पालना गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचन सुरक्षा योजना निर्माण, आवश्यक जनशक्तिको व्यवस्था, मतदान केन्द्रहरूको निरीक्षण र स्थानीय तहका पदाधिकारीसँग साक्षात्कारलगायतका तयारीहरू भइरहेको जानकारी दिएका थिए।
कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष तथा संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठ, संविधानसभा सदस्य लिला सुब्बा लगायतले जिम्मेवार बने आचारसंहिता कार्यान्वयन आफैँ हुने बताएका छन्।
धनकुटा जिल्लामा एक निर्वाचन क्षेत्र रहेको छ र यहाँ १ लाख १८ हजार ४२५ मतदाता छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १९:३३
कर्णाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालीन माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको ...
माघ २९ गते, २०८२ - १९:३१
काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१०, भ...
माघ २९ गते, २०८२ - १९:२५
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सद...
माघ २९ गते, २०८२ - १९:१९
धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा सञ्चालन गरिएको छ। नेपाल...
माघ २९ गते, २०८२ - १९:१३
लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भुजुङबाट बेँसी...
माघ २९ गते, २०८२ - १९:०९
मोरङ । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार र प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा प्रहरीले अवैध हतियार र सञ्चार उप...
माघ २९ गते, २०८२ - १९:०६
पश्चिम नवलपरासी । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले ज...
माघ २९ गते, २०८२ - १९:०३
दैलेख । जंगली बँदेलको बढ्दो आक्रमण नियन्त्रण गर्न र प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा सार्वजनिक...
माघ २९ गते, २०८२ - १८:५५
काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गर...
माघ २९ गते, २०८२ - १८:५३
कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पु...



प्रतिकृया लेख्नुहोस्: