Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

ट्रम्पको घोषणापछि अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामाग्रीहरूमा थप २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि त्यस्तै कर अमेरिकी उत्पादनहरूमा समेत लगाउने घोषणा गरेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरेका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए।

त्यसपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकामाथि पनि त्यस्तै प्रकारको शुल्क आफ्नो मुलुकले लगाउने बताएकी थिइन्। चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ।

ट्रम्पको घोषणाले कुन कुन क्षेत्र समेटेको छ?

ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ।

तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ।

सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन्।

उनले चीनले फेन्टनिल (औषधि)लाई प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले सीमा वारपार हुने आप्रवासन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाए।

अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि गराउनसक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन्।

क्यानडाले के भन्यो?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका वस्तुमा आफ्नो मुलुकले २५ प्रतिशत आयात शुल्क लगाउने निर्णय लिएको बताएका छन्।

उनले यसले 'लामो समय असर पुर्‍याउने' भन्दै अमेरिकामा उत्पादित बियर, वाइन, फलफूल र जुस, तरकारी, लत्ताकपडा र जुत्ताजस्ता वस्तुमा उक्त शुल्कको असर पर्ने बताए।

त्यसबाहेक फर्निचर र खेलकुद सामाग्री अनि संवेदनशील खनिज, ठेक्कापट्टा क्षेत्रमा पनि असर पुग्ने उनले उल्लेख गरेका थिए। उनले आउँदा दिन क्यानडा र अमेरिकीका नागरिकहरू लागि अप्ठेरा हुनसक्ने बताए।

अमेरिकी कदम र त्यसको प्रतिवादमा आफ्नो मुलुकले लिएको निर्णयले दुवैतर्फका नागरिक र कामदारलाई असर पार्ने उनको भनाइ छ।

"हामी यस्तो स्थितिमा हुन चाहन्न थियौँ, हामीले यो मागेको पनि होइन," उनले भने। "तर हामी क्यानडाको नागरिकको पक्षमा उभिनबाट पछि हट्दैनौँ।"

उनले आफू क्यानडा र अमेरिकाबीचको सफल साझेदारीको पक्षमा रहेको समेत बताए। थप आयात शुल्क रोक्न ओटावाले अमेरिकासँगको सीमा सुरक्षाका लागि ९० करोड डलरको योजना कार्यान्वयन गर्ने वाचा गरेको थियो।

"आयात शुल्क जीवन रक्षाका लागि हामीले मिलेर चाल्ने उपयुक्त कदम होइन," ट्रुडोले पत्रकार सम्मेलनमा भने।
उनले अमेरिकी राष्ट्रपतिसँग उनको शपथग्रहण  यता आफ्नो कुराकानी नभएको भन्दै सम्पर्कको माध्यम भने खुला रहेको बताए।

मेक्सिकोको जवाफ 

मेक्सिकोकी राष्ट्रपति कलाउडीया सेनाबाउमले कडा भाषामा अमेरिकी निर्णयको प्रतिवाद गरेकी थिइन्। एक्समा लेख्दै उनले ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको 'अपमान' गरेको बताएकी थिइन्।

ट्रम्प प्रशासनले मेक्सिको सरकार र मेक्सिकोका लागुपदार्थ कारोबारी संस्थाहरूबीच 'अमान्य किसिमको गठजोड' रहेको आरोप लगाएका थिए।

"यदि त्यस्तो गठबन्धन अस्तित्वमा छ भने यस्ता आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू विक्री गर्ने काम अमेरिकी बन्दुक उत्पादकहरूले गर्छन्," उनले लेखेकी छन्।

मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता सङ्गठित गिरोहहरूलाई रोक्न गैरकानुनी ढङ्गले हुने हतियारको तस्करी रोक्न माग गर्दै आएको थियो।

उनले मेक्सिको मूठभेडको पक्षमा रहेको भन्दै आफूले दुवै देशका अधिकारी सम्मिलित संयुक्त कार्यदल बनाएर जनस्वास्थ्य र सुरक्षाका क्षेत्रमा काम गर्न प्रस्ताव गरेको पनि उल्लेख गरिन्।

तर मेक्सिकोकी राष्ट्रपतिको सबैभन्दा महत्त्वपूर्ण घोषणा अन्त्यमा रहेको थियो। उनले देशका अर्थ सचिवलाई 'प्लान बी' अर्थात् वैकल्पिक योजना कार्यान्वयनमा ल्याउन आदेश दिइन्।

त्यसमा 'मेक्सिकोको स्वार्थ रक्षाका लागि आयातमा लाग्ने शुल्क र भन्सारबाहेकका व्यवस्था'सहितका बारेमा निर्णय गर्न आदेश दिइन्।

यस्ता कदममा अमेरिकी उत्पादनमा २५ प्रतिशत आयात शुल्क हुने अपेक्षा गरिएको छ। मेक्सिकोकी राष्ट्रपतिले त्यो आफ्नो सरकारको जवाफी प्रतिक्रियाको मुख्य पक्ष हुने बताउँदै आएकी छन्।

चीनको प्रतिक्रिया 

अमेरिकी घोषणा मङ्गलवारदेखि कार्यान्वयनमा आउने भनिएको छ। चीनले आफूले पनि 'मिल्दोजुल्दो जवाफी कदम' चाल्ने र विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने योजना बनाएको बताएको छ।

उक्त कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकुल भएको भन्दै एउटा विज्ञप्तिमा चीनले भनेको छ: "चीन यसबाट असाध्यै असन्तुष्ट छ र यसको जोडदार विरोध गर्छ।"

यस्तो कदमले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यलाई क्षति पुर्‍याउने बेइजिङको भनाइ छ।

चीनले अमेरिकालाई आफ्नो 'त्रुटिपूर्ण अवधारणालाई' सच्याउन र चिनियाँ पक्षसँग 'समानता, आपसी लाभ र आपसी सम्मानमा' आधारित खुलस्त संवाद गरेर समस्याको हल गर्न पनि भनेको छ।

अघिल्लो वर्ष चीन, मेक्सिको र क्यानडाबाट अमेरिकामा भएको आयात समग्रको ४० प्रतिशत भन्दा बढी थियो।

अर्थविद्हरूले अहिले गरिएका आयात शुल्क र जवाफी कदमले कारदेखी स्टिलसम्म र फ्रेन्च फाइजदेखी टमाटर अनि एभोकाडोदेखी बियरसम्म महँगो हुनसक्ने बताएका छन्।

सबैभन्दा मारमा अटो उत्पादन पर्ने ठानिएको छ। सवारी साधनका पार्टपुर्जा ती तीन सीमामा एक भन्दा बढी पटक प्रवेश गरेपछिमात्रै सवारी साधन बन्ने गर्छ। अर्थविद्हरूले औसतमा अमेरिकामा कारको मूल्य ३ हजार डलरसम्मले बढ्नसक्ने बताएका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending