Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

क्यानले सम्झौता नवीकरण नगरेपछि प्रशिक्षक मोन्टीको धन्यवाद

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले शनिबार साँझ विज्ञप्ति जारी गर्दै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने घोषणा गरेको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा मोन्टीले दुई वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएको र उनको योगदानप्रति धन्यावाद दिएको थियो । 

क्यानले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिएको छन । आइतबार उनले सामाजिक सञ्जालमम लेखेको छन, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’

उनले सन् २०२३ जनवरी १० मा क्यानले दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने तथा नयाँ कथा बनाउने आशा र उद्देश्यका साथ आफूले अज्ञात यात्रा तय गरेको पनि उल्लेख गरेको छन ।

मोन्टीले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षणको स्मरणसमेत गरेको छन । उनले त्रिवि मैदानमा नेपालले एसिया कप छनोट खेल्दा रुखमा चढेर र छातामुनि उभिएर समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा सधैं अविस्मरणीय रहेको पनि बताएको छन । 

नेपाली क्रिकेटको आरोह–अवरोहबिच क्यान व्यवस्थापन, खेलाडी, खेलाडी छनोट समिति, क्यान पदाधिकारी, प्रशिक्षक, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटर साथै कप्तान रोहित पौडेलसँग आफूले सानो भूमिका दिन सकेकोमा कृतज्ञ रहेको बताएको छन ।

मोन्टीले नेपालका अटुट क्रिकेट समर्थक नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको उल्लेख गर्दै नेपाली टोलीलाई निरन्तर विश्वास गरिरहन आग्रह  गरेको छन । उनले नेपाल आफ्नो दोस्रो घर बनेको उल्लेख गर्दै क्रिकेट केवल खेल मात्र नभएर भावना भएको र यसले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने उल्लेख गर्दै जय नेपाल लेखेर आफ्नो भनाइ टुङ्ग्याएको छन । 

मोन्टीको प्रशिक्षणमा नेपालले आईसिसी लिग–२ को पछिल्ला १२ खेलमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो । त्योभन्दा बढी नेपाल १० वर्ष पछि आईसिसी टी–२० विश्वकपमा छनोट हुँदै विश्वकप खेलेको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । यस्तै नेपाल एसिया कपमा छनोट हुन नसके पनि मोन्टीको प्रशिक्षण काल नेपाली क्रिकेटका लागि उत्कृष्ट बन्यो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending