बनेपा । असोज दोस्रो साता आएको बाढीपहिरोबाट विनाश भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पर्ने रोसी खोला क्षेत्रमा खोला र पुरिएका जग्गा छुट्याउने कामलाई तीव्रता दिइएको छ ।
नापी कार्यालय काभ्रेपलाञ्चोक र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा पनौती नगरपालिकाले बाढीपहिरोले क्षति गरेको वडा नम्बर–१२ स्थित रोसी खोला क्षेत्रमा खोला र कित्ताको जग्गा छुट्याउने काम सुरु गरिएको हो ।
प्रमुख नापी अधिकृत अशोककुमार भुसालले १४ जना प्राविधिक खटाएर विगत एक महिनादेखि बाढीपहिरोका कारण धार परिवर्तन गरेको रोसी खोलालाई साविकको स्थानबाट बगाउने, रोसी खोलाले पुरेको, बगाएको जग्गाको पुनर्स्थापना गर्ने काम सुरु गरिएको बताए । उनले नापी कार्यालयका चार जना, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका विज्ञ कर्मचारी १० जना गरी १४ जना प्राविधिकहरू जग्गा पुनर्स्थापनाको काममा लागेको बताए।
“बाढी पहिरोपछि रोसी खोलाले साविकको ठाउँभन्दा फरक ठाउँबाट धार परिवर्तन गरेको छ, नागरिकहरूले घर बनाउने प्रयोजनका लागि नक्सा पास गर्न पाएनन्, किसानले खेती गर्नका लागि आफ्नो खेतबारी फेला नपारेपछि नगरपालिकाले जग्गा छुट्याइ दिन आग्रह गरेपछि हामीले जग्गा पुनर्स्थापना गर्ने काम सुरु गरेका हौँ” प्रमुख नापी अधिकृत भुसालले भने।
उहाँनले पनौती नगरपालिकाले तालिम केन्द्रका १० विज्ञ कर्मचारीलाई पारिश्रमिक दिनेगरी जग्गा पुनस्र्थापनाका लागि नियुक्त गरेको बताए। रोसी खोला तथा जग्गा पुनर्स्थापनामा खटिएका कर्मचारीलाई तालिम प्रदान गरेपछि उनीहरू कार्यक्षेत्रमा खटिएको बताए।
उनले बाढीपहिरोपछि रोसी खोलालाई करिब नौ किलोमिटर र वडा नम्बर–१२ का करिब तीन सय कित्ता जग्गाको पुनर्स्थापना गर्नुपर्ने अवस्था रहेको बताए। प्रमुख नापी अधिकृत भुसालले कार्यक्षेत्रमा खटिएको टोलीले हालसम्म करिब नौ किलोमिटर खोलामध्ये करिब साढे सात किलोमिटर खोलालाई वि.सं. २०३२ को नापीअनुसारको स्थानबाट बगाएको र तीन सय कित्तामध्ये ६० वटा कित्ता जग्गालाई साविककै स्थानमा पुनर्स्थापना गरिएको बताए।
प्रमुख नापी अधिकृत भुसालले बाढी पहिरोले क्षति गरेको बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका, मण्डनदेउपुर नगरपालिकामा खोला र जग्गा पुनर्स्थापना गर्नुपर्ने भएका कारण कार्यालयले पनौतीमा गरेको कामको मोडलको आधारमा उक्त पालिकालाई समेत सहयोग गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: