जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।
आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेका थिए । घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए । यादवमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब पाँच मिनेटसम्म उनलाई फलामका रडलगायतले आक्रमण गरिरहेको भिडियोमा देखिन्छ ।
कवाड संकलन सम्बन्धी टेण्डर फेकु र मुकेशले संयुक्त रुपमा लिएका थिए । सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीलाई सँगै लिएर आएका बेला उनीहरुबीच विवाद भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मुकेशलाई फेकु र उनका छोराहरुले गालीगलौज पनि गरेका थिए । मुकेशमाथि भएको आक्रमण पनि सोही विषयसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: