Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

थारु गाउँले मेला अवलोकनबाट दैनिक दुई लाख बढी कारोबार

खबरडबली संवाददाता

नेपालगन्ज । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव भित्र बनाइएको थारु गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।  

सो थारु गाउँमा पाइने थारु परिकारलाई अवलोकनकर्ताले सबैभन्दा बढी मन पराएको हुँदा सो गाउँभित्र विभिन्न परिकार खान आउने बढ्दै जाँदा त्यहाँ मात्रै दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहको महोत्सव तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकालले बताए।  

थारु गाउँका सञ्चालक मंगल थारुले थारु गाउँमा आठ वटा थारुका होटल राखिएको जनाउँदै हरेक दिन एउटा होटलले कम्तीमा पनि ३० हजारभन्दा बढी रुपियाँका दरले कारोबार गरिरहेका छन् । 

थारु गाउँमा हरेक दिन थारु कलाकारहरुबाट ३० वटा जति सांस्कृतिक कार्यक्रम प्रस्तुत भइहेकोले पनि अवलोकनकर्ताहरु दिनदिनै बढ्दै गएको जनाइएको छ । थारु गाउँका सञ्चालक मंगल थारुका अनुसार थारु गाउँभित्र आएर थारु नाच हेर्ने र त्यहाँ रहेको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको दैनिक लर्को लाग्ने गरेको छ । सो होटलका सञ्चालक जीवन चौधरीले घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारुभन्दा पनि अन्य समुदायका व्यक्तिहरु सो खानका लागि बढी आउने गरेको बताउनुभयो । सो होटलमा दैनिक करिब ३० हजार रुपियाँको कारोबार भइरहेको होटलका सञ्चालक चौधरीले बताए।

थारु गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि ढिक्री, घोंघी, गंगटा र बंगुरको सेकुवा खान दैनिक रुपमा आउनेहरु सयौंको संख्यामा छन् । कोपिलाले भन्नुभयो, ‘म लम्की, धनगढी, कोहलपुर र टीकापुरको महोत्सवमा पनि सहभागी भएकोमा सबैभन्दा बढी व्यापार नेपालगन्जमा भइरहेको छ’, उनले खुसी ब्यक्त गर्दै थप्नुभयो–‘दैनिक ३५ हजार रुपियाँभन्दा बढीको कारोबार भइरहेको छ ।’

त्यहाँ रहेका अन्य होटलहरुमा पनि सोही अनुपातमा कारोबार भइरहेकोले महोत्सवभित्रको थारु गाउँमा मात्र दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ । 

महोत्सवमा दैनिक करिब २१ लाख रुपियाँ बराबरको कारोबार भइरहेको तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक ढकालले बताए। १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपियाँ बराबरको कारोबार भएको ढकालले जनाए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending