नेपालगन्ज । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव भित्र बनाइएको थारु गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।
सो थारु गाउँमा पाइने थारु परिकारलाई अवलोकनकर्ताले सबैभन्दा बढी मन पराएको हुँदा सो गाउँभित्र विभिन्न परिकार खान आउने बढ्दै जाँदा त्यहाँ मात्रै दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहको महोत्सव तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकालले बताए।
थारु गाउँका सञ्चालक मंगल थारुले थारु गाउँमा आठ वटा थारुका होटल राखिएको जनाउँदै हरेक दिन एउटा होटलले कम्तीमा पनि ३० हजारभन्दा बढी रुपियाँका दरले कारोबार गरिरहेका छन् ।
थारु गाउँमा हरेक दिन थारु कलाकारहरुबाट ३० वटा जति सांस्कृतिक कार्यक्रम प्रस्तुत भइहेकोले पनि अवलोकनकर्ताहरु दिनदिनै बढ्दै गएको जनाइएको छ । थारु गाउँका सञ्चालक मंगल थारुका अनुसार थारु गाउँभित्र आएर थारु नाच हेर्ने र त्यहाँ रहेको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको दैनिक लर्को लाग्ने गरेको छ । सो होटलका सञ्चालक जीवन चौधरीले घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारुभन्दा पनि अन्य समुदायका व्यक्तिहरु सो खानका लागि बढी आउने गरेको बताउनुभयो । सो होटलमा दैनिक करिब ३० हजार रुपियाँको कारोबार भइरहेको होटलका सञ्चालक चौधरीले बताए।
थारु गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि ढिक्री, घोंघी, गंगटा र बंगुरको सेकुवा खान दैनिक रुपमा आउनेहरु सयौंको संख्यामा छन् । कोपिलाले भन्नुभयो, ‘म लम्की, धनगढी, कोहलपुर र टीकापुरको महोत्सवमा पनि सहभागी भएकोमा सबैभन्दा बढी व्यापार नेपालगन्जमा भइरहेको छ’, उनले खुसी ब्यक्त गर्दै थप्नुभयो–‘दैनिक ३५ हजार रुपियाँभन्दा बढीको कारोबार भइरहेको छ ।’
त्यहाँ रहेका अन्य होटलहरुमा पनि सोही अनुपातमा कारोबार भइरहेकोले महोत्सवभित्रको थारु गाउँमा मात्र दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा दैनिक करिब २१ लाख रुपियाँ बराबरको कारोबार भइरहेको तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक ढकालले बताए। १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपियाँ बराबरको कारोबार भएको ढकालले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: