Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रामपुर नगरपालिका-५ का वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म

खबरडबली संवाददाता

रामपुर। स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । 

तर पाल्पाको रामपुर नगरपालिका-५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दैआएको छन । वडाध्यक्ष पोखरेलले भने, “वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दैआएको छु ।” व्यस्त समयका बाबजुद पनि उनको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ । उनी वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लिन छन ।

वडाध्यक्ष पोखरेल वडाका काम बाहेकको समय घरमा कृषि कर्म गर्नमै खटिन्छन । “वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैँसीको हेरचाह गर्नेलगायत काममा समय बिताउँछु”, उनले भने, “यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।” रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाएको छन । 

करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उहाँले बिक्री गर्दैआएको छन । हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए। काउली र बन्दागोभी बिक्री भइरहेको छ । उनी अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमीलगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा छन। 

त्यसका लागि कार्यालय समय सकिएपछि सो कर्ममा खटिने गरेको वडाध्यक्ष पोखरेलले बताए । उनले करिब एक दशकदेखि तरकारी खेती गर्न थाल्नुभएको हो । पहिला घरमा सिजनका तरकारी लगाउनुहुन्थ्यो भने बिगत पाँच वर्षदेखि यहाँको बजार बढ्दै जान थालेपछि व्यावसायिक हिसाबले उत्पादनमा जोड दिए। तरकारी, अन्नबाली, भैँसीपालनबाट वार्षिक रूपमा सरदरमा रु सातदेखि आठ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिए।। 

“तरकारी खेती मात्र नभई धान, मकै, गहुँ, तोरी जस्ता अन्नबाली लगाउने, भैँसीपालनलाई जोड दिएको छु, सबै क्षेत्रबाट आम्दानी भइरहेको छ, वडाको काम सकिएपछि घरको काममा समय खर्चेको छु, फुर्सदको समय छैन, वडाका विभिन्न काम तथा योजनामा कहिलेकाही विवाद पनि हुन्छन्, सबैलाई मिलाएर काम गरिरहेको छु, घरको आयआर्जनका लागि कृषि पेसालाई निरन्तरता दिनुपर्यो”, वडाध्यक्ष पोखरेलले भने।

दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइ जस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कन्छन । यसरी निरन्तर रूपमा उहाँको दैनिकी बितिरहेको छ । कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोत जस्ता कार्यमा उनलाई भ्याइनभ्याई हुन्छ ।

वडाध्यक्ष पोखरेल भन्छन, “दैनिक कार्यतालिका बनाएर भोलिपल्ट गर्ने काम अघिल्लो दिन नै तय गरेको हुन्छु, समय अनावश्यक ठाउँमा बिताएको छैन, बिहान सबेरै उठ्ने आफ्नो घरको काम सक्ने अनि वडा तथा सामाजिक कार्यमा निस्कने गरेको छु ।” वडाध्यक्ष पोखरेललाई यस व्यवसायमा श्रीमती भगवतीले साथ दिँदै आउनुभएको छ । वडा तथा सामाजिक कार्यमा व्यस्त रहँदा खेतीबाली, पशुको रेखदेख, संरक्षण भगवतीले सम्हाल्न्छ । सिँचाइका लागि निजी इनार निर्माण गरी व्यवस्थापन भइरहेको छ । 

स्थानीय बजारमा नै तरकारी खपत हुँदा बिक्रीका लागि झण्झट छैन । उहाँले कृषिबाटै दुई छोराछोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा दिलाउनुभएको छ । आफूले कृषि कर्म गरेर दुःखसँग पढाएको छोरा सरकारी सेवामा कार्यरत भएको देख्न पाउँदा उनलाई कृषि पेसाप्रति झन् मोह बढेको छ । 

नगरकै केन्द्र भाग, बजार क्षेत्र, सरकारी तथा सामुदायिक सङ्घ संस्था, बैंक तथा वित्तीय कार्यालय, ठुलो जनघनत्व यही वडामै छ । रामपुरका १० वटा वडामध्ये धेरै जनसङ्ख्या बसोवास गर्ने, बजार क्षेत्र रहेकाले वडाका काम सम्हाल्न अन्यत्र वडामा जस्तो सहज छैन । सानैदेखि कृषि पेसामा आबद्ध वडाध्यक्ष पोखरेलको यो कार्य उदाहरणीय बनेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending