Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कलाकार कृष्णप्रसाद धिताल फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दै

खबरडबली संवाददाता

काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट आशावादी छन् ।

रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले फिल्ममा कामको लागि प्रस्ताव गर्नुभयो’, कृष्ण भन्छन् ।
कृष्णले नाटक अभिनयको अधिकांश समय गाउँ र बस्तीमै बिताए । उनी आफ्नो नाटक समूह आवाज आर्ट क्रिएसन्मार्फत नेपालका गाउँ र बस्तीमा सडक नाटक लिएर पुग्थे । ‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित नै थिए । फिल्मको विषयवस्तु र नाटकको विषयवस्तु मिल्यो । फिल्ममा सुरुवाती दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज बन्यो’, कृष्ण खुल्छन् ।
कृष्णले नाटक र केही टेलिभिजन सिरियलमा अभिनय गरेका थिए । तर फिल्ममा पहिलोपटक अभिनय गरेकाले उनलाई केही चुनौती अनुभव भयो । ‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो । तर फिल्ममा त फरक हुन्छ । फिल्मको प्राविधिक पक्षबारे मलाई धेरै थाहा थिएन । नाटकमा स्वतन्त्रता थियो र फिल्ममा त सीमित घेराभित्र काम गर्नुपर्दो रहेछ । मेरो बुझाईमा फिल्म निर्देशक हो भने नाटक कलाकार हो’, उनी भन्छन् ।
कृष्णले फिल्मकै लागि कोही पनि पात्र भेटेनन् । तर त्यो पात्रलाई दिमागमा ‘भिजुलाइज’ भने गरे । ‘म अधिकांश नाटकमा त्यही पात्रमा अभिनय गर्थें । त्यसकारण पनि ममा अभ्यास राम्रै थियो । सुटिङ अघिको वर्कसपले पनि थप मजबुत बनायो’, उनी भन्छन् ।
फिल्मको सुटिङ हुँदा कृष्ण ८५ किलोका रहेछन् । अनुहारमा दाह्री पनि थियो । फिल्मको छायांकन पुरा भएपछि उनी ५२ किलोका भए । अहिले ६४ किलोका छन् । ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स फरक छ । त्यसकारण पनि धेरै मान्छेले त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’, कृष्ण हाँस्छन् ।
फिल्मको कथाले नै आफूलाई ‘जुनाः एक व्यथा’ तानेको उनी खुलाउँछन् । ‘हामी वर्षौदेखि यही सामाजिक विषयमा नाटक गरिरहेका थियौं । बाल विवाह, लैंगिक हिंसा, लागु औषधका कुरा नाटकमा हुन्थे । धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए । हामीले समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौं । त्यसमाथि फिल्ममा नै अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले फिल्मले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो’, उनी भन्छन् ।
कृष्णको बुझाईमा नाटकको अभिनयले उनलाई फिल्ममा आफ्नो चरित्र निभाउन निकै सजिलो भएको रहेछ । ‘नाटक गर्न जाँदा त्यस्ता पात्र समाजमा देखेका थियौं । नाटक हेर्न आउनेले त्यस्ता घटना सुनाउथे, कति पीडित पनि भेट्न आउँथे । नाटक देखाईसकेपछि दर्शकहरु आफ्नो कथा सुनाउन आउँथे । जसले गर्दा मलाई चरित्र स्थापित गर्न सजिलो भयो’, कृष्ण भन्छन् ।
कृष्णका अनुसार फिल्मको छायांकनस्थलमा उनी हरेक समय क्यारेक्टरमै हुन्थे । ‘टिजर र ट्रेलरमा मेरो जुन लुगा देख्नुभएको छ, त्यही लुगा लगाएर राती सुत्थें । आफूलाई चरित्रमै राखिरहनु पर्ने भएकाले धेरै असहज भएन । तर धेरै अगाडि फिल्म बनेकाले आज मेरो जुन परिपक्कता छ, त्यो बेला त्यति धेरै थिएन’, कृष्ण विगत फर्कन्छन् ।
कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन् । कमेडियन मनोज गजुरेललाई आफ्नो गुरु मान्ने कृष्णले गाईजात्रा प्रहसनमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चरित्र उतारिरहँदा उनी भने सुशील कोइराला गेटअपमा थिए । सिन्धुपाल्चोकको रेडियो मेलम्चीको सञ्चालकसमेत रहेका कृष्णले आरोहण गुरुकुलमा करिब डेढ वर्षसम्म सुनील पोखरेलसँग अभिनय सिकेका छन् ।
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको फिल्म ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending