Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

कलाकार कृष्णप्रसाद धिताल फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दै

खबरडबली संवाददाता

काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट आशावादी छन् ।

रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले फिल्ममा कामको लागि प्रस्ताव गर्नुभयो’, कृष्ण भन्छन् ।
कृष्णले नाटक अभिनयको अधिकांश समय गाउँ र बस्तीमै बिताए । उनी आफ्नो नाटक समूह आवाज आर्ट क्रिएसन्मार्फत नेपालका गाउँ र बस्तीमा सडक नाटक लिएर पुग्थे । ‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित नै थिए । फिल्मको विषयवस्तु र नाटकको विषयवस्तु मिल्यो । फिल्ममा सुरुवाती दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज बन्यो’, कृष्ण खुल्छन् ।
कृष्णले नाटक र केही टेलिभिजन सिरियलमा अभिनय गरेका थिए । तर फिल्ममा पहिलोपटक अभिनय गरेकाले उनलाई केही चुनौती अनुभव भयो । ‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो । तर फिल्ममा त फरक हुन्छ । फिल्मको प्राविधिक पक्षबारे मलाई धेरै थाहा थिएन । नाटकमा स्वतन्त्रता थियो र फिल्ममा त सीमित घेराभित्र काम गर्नुपर्दो रहेछ । मेरो बुझाईमा फिल्म निर्देशक हो भने नाटक कलाकार हो’, उनी भन्छन् ।
कृष्णले फिल्मकै लागि कोही पनि पात्र भेटेनन् । तर त्यो पात्रलाई दिमागमा ‘भिजुलाइज’ भने गरे । ‘म अधिकांश नाटकमा त्यही पात्रमा अभिनय गर्थें । त्यसकारण पनि ममा अभ्यास राम्रै थियो । सुटिङ अघिको वर्कसपले पनि थप मजबुत बनायो’, उनी भन्छन् ।
फिल्मको सुटिङ हुँदा कृष्ण ८५ किलोका रहेछन् । अनुहारमा दाह्री पनि थियो । फिल्मको छायांकन पुरा भएपछि उनी ५२ किलोका भए । अहिले ६४ किलोका छन् । ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स फरक छ । त्यसकारण पनि धेरै मान्छेले त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’, कृष्ण हाँस्छन् ।
फिल्मको कथाले नै आफूलाई ‘जुनाः एक व्यथा’ तानेको उनी खुलाउँछन् । ‘हामी वर्षौदेखि यही सामाजिक विषयमा नाटक गरिरहेका थियौं । बाल विवाह, लैंगिक हिंसा, लागु औषधका कुरा नाटकमा हुन्थे । धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए । हामीले समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौं । त्यसमाथि फिल्ममा नै अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले फिल्मले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो’, उनी भन्छन् ।
कृष्णको बुझाईमा नाटकको अभिनयले उनलाई फिल्ममा आफ्नो चरित्र निभाउन निकै सजिलो भएको रहेछ । ‘नाटक गर्न जाँदा त्यस्ता पात्र समाजमा देखेका थियौं । नाटक हेर्न आउनेले त्यस्ता घटना सुनाउथे, कति पीडित पनि भेट्न आउँथे । नाटक देखाईसकेपछि दर्शकहरु आफ्नो कथा सुनाउन आउँथे । जसले गर्दा मलाई चरित्र स्थापित गर्न सजिलो भयो’, कृष्ण भन्छन् ।
कृष्णका अनुसार फिल्मको छायांकनस्थलमा उनी हरेक समय क्यारेक्टरमै हुन्थे । ‘टिजर र ट्रेलरमा मेरो जुन लुगा देख्नुभएको छ, त्यही लुगा लगाएर राती सुत्थें । आफूलाई चरित्रमै राखिरहनु पर्ने भएकाले धेरै असहज भएन । तर धेरै अगाडि फिल्म बनेकाले आज मेरो जुन परिपक्कता छ, त्यो बेला त्यति धेरै थिएन’, कृष्ण विगत फर्कन्छन् ।
कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन् । कमेडियन मनोज गजुरेललाई आफ्नो गुरु मान्ने कृष्णले गाईजात्रा प्रहसनमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चरित्र उतारिरहँदा उनी भने सुशील कोइराला गेटअपमा थिए । सिन्धुपाल्चोकको रेडियो मेलम्चीको सञ्चालकसमेत रहेका कृष्णले आरोहण गुरुकुलमा करिब डेढ वर्षसम्म सुनील पोखरेलसँग अभिनय सिकेका छन् ।
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको फिल्म ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending