धरान । धरान उपमहानगरपालिकामा तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होछार २८६१ को अवसरमा सांस्कृतिक झाँकी र्यालीसहित भव्य रुपमा मनाएका छन्।
बिहीबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृति सहित धरानका गुम्बाबाट र्याली निकाली भानुभोक हुँदै छाता चोक, सिँहदेवि चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानु चोकमा आफ्नो संस्कार संस्कृतिको र्याली गरेको थियो।
संस्कार, संस्कृति बन्न हजारौं लाखौं वर्ष लाग्छ त्यसैले सबै जातजातीको धर्म संस्कार संस्कृति जोगाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताए । जाती राष्ट्र हो र सोनाम ल्होसार राष्ट्रीय पर्व हो, यो सबै जातजातीले मनाउनुपर्छ, सबैले सबै जातीको धर्मको सम्मान गर्नुपर्ने उनले बताए ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम मनाउने आयोजकले जनाएको छ। तामाङ जातीको नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रम यस अघिका वर्षमा सांस्कृतिक पर्यटन महोत्सवको रुपमा मनाउदै आएको घेदुङका सचिव ललितबहादुर तामाङले बताए।
कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो। नेपालसहित भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, भुटानलगायत देशमा पनि माघ शुक्ल प्रतिपदाको तितिमा नै सोनाम ल्होछार धुमधामले मनाउने गरिन्छ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक दिवश कुँवर, धरानका वडाध्यक्षहरु, जनप्रतिनिधिलगायत विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: