Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

अबैध आप्रावासीलाइ ट्रम्पले विश्वकै सबैभन्दा खतरनाक जेल 'ग्वान्टानामो बे'मा राख्ने

खबरडबली संवाददाता

वासिंगटन डिसी । गैरकानूनी आप्रवासीका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान कडा रहेको छ । 

उनी यस मामिलामा कुनै पनि हालतमा सौदाबाजी गर्न चाहँदैनन्, न त यो मामिला थामिन दिन चाहन्छन् । यही कारणले ट्रम्पले अवैध आप्रवासीको बारेमा धेरै बयान दिइरहेका छन्।

यसैबीच उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल ग्वान्टानामो बेमा राखिने बताएका छन् । ९/११ आक्रमण पछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो। यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन्। जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।

ट्रम्पले ह्वाइट हाउसमा भन्यो, ‘उनी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछन जसले पेन्टागन र होमल्याण्ड सेक्युरिटी विभागलाई ३० हजार आप्रवासीहरूलाई ग्वान्टानामो बेमा राख्न अनुमति दिनेछ। यो कदमले अवैध आप्रवासीहरूलाई पक्राउ गर्ने हाम्रो क्षमता तुरुन्तै दोब्बर बनाउने छ।’

यस क्रममा ट्रम्पले ह्वाइट हाउसमा मारिएका २२ वर्षीय अमेरिकी नर्सिङ विद्यार्थी लाकान रिलेका अभिभावकको बारेमा पनि कुरा गरेका छन् । नयाँ आप्रवासी अपराध विधेयक ऐनमा यी विद्यार्थीको नाम राखिएको छ । ट्रम्पले भने कि हामी लकानको सम्झनालाई सधैं हाम्रो हृदयमा जीवित राख्नेछौं। 

आजको कारबाहीले हाम्रो देशको कानुनमा उनको नाम सदा रहिरहनेछ र यो धेरै महत्त्वपूर्ण कानून हो। संसारभर कैयौं जेलहरू छन्, जसको फरक कथाहरू छन्। तर अमेरिकाको ग्वान्टानामो बे जेललाई संसारकै नरक भनिन्छ । अमेरिकाले क्युबामा यो जेल बनाएको छ । यस कारागारको विशेषता भनेको यहाँ आउने कैदीलाई लामो समयसम्म बिना सुनुवाइ नै राखिन्छ ।

किनभने यो जेल आतंककारी र उनीहरूका संदिग्धहरूलाई राख्नको लागि बनाइएको थियो। यस कारागारमा शारीरिक यातनासँगै मानसिक यातना दिइन्छ । जसरी कैदीहरूलाई धेरै दिन सुत्न दिइँदैन। यससँगै उनीहरुलाई कालो अँध्यारो कोठामा राखिएको छ, जहाँ सुर्यको प्रकाश पनि छिर्न दिइदैँन् ।

यो जेल सन् १९०३ मा स्थापना भएको हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसलाई बन्द गर्ने कुरा गरेका थिए तर यो जेललाई लिएर अमेरिकाको विश्वभर आलोचना भइरहेको छ । यो जेल अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आतंकवादी हमलापछि सुरु भएको थियो, जसलाइ नर्क भनिने गरिएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending