Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

छोरीको इन्गेजमेन्ट टुटेपछि प्रेममा बाँधिए सम्धि सम्धि-सम्धिनी

खबरडबली संवाददाता

गुजरात । अहमदाबाद जिल्लाको विरमगाम सहरमा एउटा यस्तो घटना भएको छ, जसले सबैलाई चकित बनाएको छ । एक शिक्षकको सार्वजनिक रुपमा हत्या भएको छ भने  त्यसको भिडियो भाइरल हुनासाथ पुरै इलाकामा त्रास फैलिएको छ ।

प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो र सिसिटिभी फुटेज स्क्यान गरेपछि चकित पार्ने सत्य बाहिर आयो । खासमा हत्याको कारण कुनै दुश्मनी वा पैसा होइन, सम्धि र सम्धिनी बीचको अनौठो प्रेम सम्बन्ध थियो ।

यो कथा सामान्य पारिवारिक सम्बन्धबाट सुरु भएको हो। नरेशभाइ चावडा नामका शिक्षककी छोरीको डेढ वर्षअघि काला गोहिलका छोरासँग इन्गेजमेन्ट भएको थियो । दुई परिवारबीच राम्रो सम्बन्ध बन्यो । तर यसै क्रममा नरेशभाई र कला गोहिलकी श्रीमती हर्षबेनबीच मित्रता बढ्यो । बिस्तारै यो मित्रता प्रेममा परिणत भयो र दुबैले आफ्नो परिवारको परवाह नगरी सँगै बस्ने निर्णय गरे ।

यो सम्बन्धमा परिवारले थाहा पाएपछि छोराछोरीको इन्गेजमेन्ट रद्द गरियो। समाजको डरका बाबजुद नरेशभाई र हर्षबेनले सम्बन्धलाई निरन्तरता दिए र विरमगाममा घर भाडामा लिएर सँगै बस्न थाले । हर्षबेनका श्रीमान् काला गोहिललाई यो कुरा निकै नराम्रो लाग्यो । ऊनी रिसले भरिए अनि धेरै बेर केही बोलेन तर भित्रभित्रै बदलाको आगोले जलिरहेको भने थियो ।

अन्ततः, कला गोहिल र उनका दुई सहयोगीहरू अजित गोहिल र जेशाङ कटारियाले एक भयानक योजना बनाए। जनवरी २८ मा तीनै जना मिलेर नरेश भाईलाई घेरा हालेर निर्मम कुटपिट गर्न थाले । यो सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । भिडियोमा तीन जना अभियुक्तले नरेशभाईलाई सडकमा फालेका, लाठी र मुक्का प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । मानिसहरू दर्शक बने तर कसैले हस्तक्षेप भने गरेनन्।

नरेशभाईलाई गम्भीर चोट लागेपछि तत्कालै अस्पताल लगिएको थियो । तर चिकित्सकको प्रयास असफल भएपछि उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीले हत्याको मुद्दा दर्ता गरी अभियुक्तको खोजी कार्य जारी राखेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending