काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीपाथीभरामा केबलकार निर्माण विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको प्रस्ट्याए ।
‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो’, भट्टराईले भने, ‘पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो । जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट ठुलो मात्रामा श्रद्धालु दर्शनार्थी आउने गरेका छन् ।’
उनले पाथीभरालाई शक्तिको प्रतीक देवीको रूपमा बुझिने भन्दै खस,आर्य लिम्बु राई किराँत गुरुङ,तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल भएको पनि बताए ।
उनले भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस् वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुई मत नभएको भन्दै केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको बताए ।
भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गरेका छन् ।
‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ’, भट्टराईले आन्दोलनरत पक्षलाई भनेका छन् ।
परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किन खालका गतिविधिले कसैको हित नहुने भन्दै उनले यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वाता गरी समस्यालाई समाधान गर्न माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - २३:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...
आषाढ़ २८ गते, २०८३ - २२:४४
किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित
आषाढ़ २८ गते, २०८३ - २२:१७
काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...
आषाढ़ २८ गते, २०८३ - २२:०१
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...



प्रतिकृया लेख्नुहोस्: