Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

ताप्लेजुङको समस्या समाधान वार्ताबाट हुन्छ : नेता भट्टराई

केवलकार निर्माणपछि ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने भट्टराईको माग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा(मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त गरेको छन । 

सो क्षेत्रका जनप्रतिनिधिको हैसियतले आज यहाँ पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै उनले स्थानीय स्तरमै केवलकार निर्माण हुनु समृद्धिका लागि आवश्यक रहेको बताए। देशभित्रको लगानीलाई सरकार र स्थानीय जनताले पनि सम्मान गर्नुपर्ने भन्दै उनले सबै राजनीतिक दल, सरकार, स्थानीयविचको आपसी छलफलअनुसार केवलकार निर्माण गर्ने वा नगर्ने विषयमा निक्र्यौल गर्न सकिने चर्चा गरे ।

एमाले सचिव समेत रहनुभएका भट्टराईले भने, “पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थल हो, यो मन्दिर शक्तिको प्रतीक भएकाले लाखौं धार्मिक पर्यटकहरुको आस्था र विश्वास रहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुनु राम्रो पक्ष हो ।” 

ताप्लेजुङको आर्थिक समृद्धिको मुख्य आधार भनेकै जलस्रोत, पर्यटन र कृषि भएको चर्चा गर्नुहुँदै नेता भट्टराईले स्थानीय विकासका लागि स्थानीयहरुसँगको परामर्श, छलफल र संवादबाटै निकास निकाल्न सकिन्छ भने । गालीगलौच र झगडा गरेर समस्याको समाधान नहुने भन्दै उनले वार्ता र संवादबाटै समस्या समाधान गर्नमा आफू लाग्ने बताए। घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरे ।

पक्राउ परेकाहरुको अविलम्ब रिहाइको उनले सरकारसँग माग गर्दै भने, “परिस्थितिलाई उत्तेजित बनाउने, सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन । आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरुलाई रिहा गर्न र अविलम्ब वार्ता गरी समस्या समाधान गर्न माग गर्दछु ।”

केवलकार निर्माणपछि ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने उनको माग छ । उनले भने, “केवलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्छ ।” साथै उनले ताप्लेजुङको विकासमा एकतावद्ध भएर लाग्न सबैमा अपिल गरेको छन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending