Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

ताप्लेजुङको समस्या समाधान वार्ताबाट हुन्छ : नेता भट्टराई

केवलकार निर्माणपछि ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने भट्टराईको माग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा(मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त गरेको छन । 

सो क्षेत्रका जनप्रतिनिधिको हैसियतले आज यहाँ पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै उनले स्थानीय स्तरमै केवलकार निर्माण हुनु समृद्धिका लागि आवश्यक रहेको बताए। देशभित्रको लगानीलाई सरकार र स्थानीय जनताले पनि सम्मान गर्नुपर्ने भन्दै उनले सबै राजनीतिक दल, सरकार, स्थानीयविचको आपसी छलफलअनुसार केवलकार निर्माण गर्ने वा नगर्ने विषयमा निक्र्यौल गर्न सकिने चर्चा गरे ।

एमाले सचिव समेत रहनुभएका भट्टराईले भने, “पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थल हो, यो मन्दिर शक्तिको प्रतीक भएकाले लाखौं धार्मिक पर्यटकहरुको आस्था र विश्वास रहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुनु राम्रो पक्ष हो ।” 

ताप्लेजुङको आर्थिक समृद्धिको मुख्य आधार भनेकै जलस्रोत, पर्यटन र कृषि भएको चर्चा गर्नुहुँदै नेता भट्टराईले स्थानीय विकासका लागि स्थानीयहरुसँगको परामर्श, छलफल र संवादबाटै निकास निकाल्न सकिन्छ भने । गालीगलौच र झगडा गरेर समस्याको समाधान नहुने भन्दै उनले वार्ता र संवादबाटै समस्या समाधान गर्नमा आफू लाग्ने बताए। घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरे ।

पक्राउ परेकाहरुको अविलम्ब रिहाइको उनले सरकारसँग माग गर्दै भने, “परिस्थितिलाई उत्तेजित बनाउने, सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन । आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरुलाई रिहा गर्न र अविलम्ब वार्ता गरी समस्या समाधान गर्न माग गर्दछु ।”

केवलकार निर्माणपछि ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने उनको माग छ । उनले भने, “केवलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्छ ।” साथै उनले ताप्लेजुङको विकासमा एकतावद्ध भएर लाग्न सबैमा अपिल गरेको छन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending