Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

परराष्ट्रमन्त्री डा. राणसँग भारतीय अतिरिक्त सचिवको भेट

खबरडबली संवाददाता

काठमाडौं। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बुधबार यहाँ शिष्टाचार भेट गरेको छिन । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरूका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो ।  

सो भेटका अवसरमा मन्त्री डा। राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएको थिए ।

साथै सो भेटका क्रममा दुई देशबिचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्त्वपूर्ण संयन्त्र रहेको र दुई देशका बिचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही वर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो ।

सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक चाँडै बस्नेबारे छलफल गर्दै यस्ता बैठक तथा द्विपक्षीय संयन्त्रका बैठकहरूले सम्बन्ध सुधार तथा आपसी सहकार्यमा सहजीकरण गर्ने चर्चा सो बैठकमा उनीहरूले गरे ।

नेपालले यस अघिदेखि नै भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा स्मरण गराउँदै मन्त्री डा। राणाले यस विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावर मार्फत भारत सरकारलाई आग्रह गरेको थिईन ।

यसै महिना काठमाडौंमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीका साथै नेपाल भारत उर्जासम्बन्धी बैठक फलदाली रहेका उल्लेख गर्दै द्विपक्षीय बैठकहरूलाई निरन्तरता दिनुपर्ने विषयमा पनि उनीहरूबिच कुराकानी भएको थियो ।

नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक विकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवम् सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरूको ओसारपसारका लागि नेपालले औपचारिक रूपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री डा। राणाले आग्रह गरिन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending