Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

संविधान घोषणा गर्न अशोज ३ को यस्तो छ भव्य तयारी

\"ca-building-660x330\"अाजकाे नयाँ पत्रिका दैनिकमा योगेश ढकाल लेख्छन्– तीन दलले संयुक्त सभा गर्ने संविधान घोषणा भएको खुसियालीमा प्रमुख तीन दलले ४ असोजमा देशभर र्‍याली र संयुक्त सभा गर्ने भएका छन् । काठमाडौंमा गरिने सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताले सम्बोधन गर्नेछन् । सभाको आयोजक तीन दल हुने वा सरकार भन्ने टुंगो लाग्न बााकी छ । सभाको तयारी गर्न शीर्ष नेताहरूले कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी महासचिव कृष्णबहादुर महरालाई जिम्मा दिएका छन् । राप्रपा नेपालको आलोचनात्मक समर्थन संविधान पारित गर्दा विपक्षमा मतदान गरेको राप्रपा नेपालले नयाा संविधानको आलोचनात्मक समर्थन गर्ने भएको छ । ‘प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहादै नेपालको संविधान, २०७२ लाई राप्रपा नेपाल आलोचनात्मक समर्थन गर्नेछ,’ राप्रपा नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमालेले लड्डु बाड्यो, चियापान गर्ने संविधान जारी भएको खुसियालीमा एमालेले ५ असोजमा चियापान कार्यक्रम गर्ने भएको छ । दशरथ रंगशालामा गरिने चियापानमा सबै दलका नेता, सभासद्, कर्मचारी, विभिन्न क्षेत्र र वर्गका व्यक्ति तथा सर्वसाधारणलाई निम्तो गरिनेछ । संविधानसभाबाट नयाा संविधान बनेको खुसियालीमा एमालेले बिहीबार नै संसदीय दलको कार्यालयमा लड्डु बााड्यो । अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई लड्डु खुवाए । त्यस्तै, खनाल र नेपालले ओलीलाई खुवाए । संविधानसभामा दीपावली र आतिसबाजी गरिने राष्ट्रिय विशेष समारोह ३ असोजमा संविधान जारी गर्न संविधानसभामा ‘राष्ट्रिय विशेष समारोह’ गरिनेछ । समारोहमा सााझ ५ बजे सभामुखले संविधान हस्तान्तरण गरेपछि राष्ट्रपतिले पनि हस्ताक्षर गर्नेछन् । संविधानसभा भव्य सजाइने संविधानसभा भवनको मूलगेटदेखि बैठककक्षसम्म भव्य सजावट गरिनेछ । राष्ट्रिय झन्डा फहराउने, ध्वजापताका लगाउने, बत्ती तथा फूलले झकिझकाउ बनाइनेछ । राष्ट्रपति र सभामुख बस्ने ड्यास मर्यादापालकले सजावट गर्नेछन् । ड्यास बढी झकिझकाउ सभामुखको दायाातिरको ड्यासमा राष्ट्रपति बस्नेछन् । उनीहरू बस्ने ड्यास बढी झकिझकाउ पारिनेछ । संविधानसभा भवन सजावट गर्न फूल तथा अन्य सामग्रीको खरिद २ र ३ असोजमा गरिनेछ । विशिष्ट अतिथिलाई निम्ता नेपालमा रहेका कूटनीतिक नियोगका सबै प्रतिनिधिलाई संविधान जारी गर्ने दिनको निम्ता दिइादै छ । उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक अंगका पदाधिकारीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिादै छ । पूर्वसभासद्लाई पनि बोलाइने अघिल्लो संविधानसभामा सदस्य रहेका सबै पूर्वसभासद्लाई पनि निमन्त्रणा गरिादै छ । अघिल्लो संविधानसभाको निरन्तरता र ती सभासद्को महत्त्वपूर्ण योगदान रहेकाले उनीहरूलाई संविधान जारी गर्ने समारोहमा निम्त्याइएको सचिवालयले जनाएको छ । हस्ताक्षर र प्रमाणीकरण सचिवालयले नेपाली कागजमा ‘नेपालको संविधान, २०७२’ को पााच प्रति तयार गर्नेछ र तिनमा शुक्रबार सभासद्हरूले वर्णानुक्रमअनुसार हस्ताक्षर गर्नेछन् । सभासद्को हस्ताक्षर सकिएपछि सभामुख सुवास नेम्वाङले प्रमाणीकरण गर्नेछन् । रिसल्लासहित राष्ट्रपति आउने संविधान जारी गर्न आउने राष्ट्रपति डा. यादवलाई बबरमहलदेखि संविधानसभा भवनसम्म रिसल्लासहित ल्याइनेछ । संविधानसभामा पुगेपछि उनलाई सेनाले राष्ट्रिय धुनसहित सलामी दिनेछ । संविधान घोषणाको ढाँचा संविधानसभाले तयार गरेको ढाचाअनुसार राष्ट्रपतिले संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् । ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिको घोषणाको व्यहोरा यस्तो छ । राष्ट्रपतिले बोल्न नपाउने संविधान जारी गर्ने विशेष समारोहमा राष्ट्रपति यादवले बोल्न पाउनेछैनन् । उनले संविधानसभा नियमावलीमा व्यवस्था गरिएको ढाँचाअनुसार पढेर संविधान जारी भएको घोषणा मात्रै गर्नेछन् । प्रोजेक्टरबाट देखाइने संविधानसभा बैठक कक्षमा ६०१ सभासद्, केही कर्मचारी र फोटोपत्रकार मात्रै अटाउने ठाउा छ । आमन्त्रण गरिएका करिब पााच सय विशिष्ट पाहुनालाई बाल्कोनीमा राखिनेछ । त्यहाा नअटेका अतिथिलाई संविधानसभा भवनकै नुत्से हलमा ठूलो प्रोजेक्टरमार्फत संविधान घोषणा कार्यक्रम देखाउने व्यवस्था गरिनेछ । समारोहमा करिब दुई हजार पाहुना र सर्वसाधारण उपस्थित हुने अनुमान छ । डेढ घन्टाको समारोह संविधान जारी गर्ने कार्यक्रम करिब डेढ घन्टा चल्ने अनुमान सचिवालयको छ । यो समय राष्ट्रपतिलाई गरिने सम्मानदेखि संविधानसभाको अन्तिम बैठकसम्मको हो । अन्तिम बैठक बस्ने राष्ट्रपतिले नयाा संविधान जारी गरेपछि बस्ने संविधानसभाको अन्तिम बैठकले राष्ट्रपतिको सम्मानस्वरूप धन्यवादको प्रस्ताव पारित गर्नेछ । उक्त बैठकमा सभामुखले सभासद्हरूको योगदानलाई धन्यवाद दिनेछन् । र, संविधानसभाको विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम रहेको सहप्रवक्ता सुदर्शन कुइाकेलले बताए । समारोहपछि रात्रिभोज संविधान जारी गर्ने विशेष समारोह सकिएपछि संविधानसभा भवन परिसरमै रात्रिभोज आयोजना गरिनेछ । भोजमा सहभागी सबैलाई खानपिनपछि एक–एक प्रति संविधान दिने व्यवस्था सचिवालयले मिलाएको छ । समाचार नेपालको संविधान, २०७२ जारी गर्न संविधानसभा भवनमा आइतबार विशेष औपचारिक समारोह हुँदै छ । भव्य समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नेछन् । सरकार र संविधानसभा सचिवालयले संविधान जारी गर्न सजावटसहित व्यवस्थापनको तयारी थालेको छ । राष्ट्रिय झन्डा, फूल र बत्तीसहित संविधानसभा भवनलाई झकिझकाउ बनाइने सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । उनका अनुसार संविधानसभा भवनको सजावट र सुरक्षाको व्यवस्थापन सुरु भइसकेको छ । ‘भवन सजावटको काम असोज २ गतेपछि मात्रै हुने भएकाले कसरी भव्य हुन सक्छ भनेर अहिले नै भन्न सकिन्न । तर, जति सकिन्छ भव्य बनाइनेछ,’ कुइँकेलले नयाँ पत्रिकासँग भने । राष्ट्रपतिलाई सिंहदरबारआसपासबाट घोडचढीसहित रिसल्ला फौज अघिपछि लगाएर संविधानसभामा ल्याइने भन्नेबारे छलफल चलिरहेको छ । गत असारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि राष्ट्रपतिलाई बबरमहलबाट यसरी नै संविधानसभा भवनसम्म लगिएको थियो । संविधानसभा भवनमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नेछ । संविधानसभा हलभित्र प्रवेश गरेपछि सभासद्ले हस्ताक्षर गरी सभामुखले प्रमाणीकरण गरेको नेपालको संविधान, २०७२ लाई सभामुख सुवास नेम्वाङले राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् । संविधानसभा नियमावली, ०७० को अनुसूची ७ को नियम ११० को उपनियम ३ अनुसार राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर सार्वजनिक गर्नेछन् र जारी भएको घोषणा गर्नेछन् । घोषणाको ढाँचामा भनिएको छ, ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’ संविधानसभा सचिवालयले राष्ट्रिय औपचारिक समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा पूर्वसभासद्लाई निम्तो पठाएको छ । संविधान जारी गर्ने समारोहमा उपस्थित सबै पाहुनालाई औपचारिक पोसाकमा आउन आग्रह गरिएको छ । समारोहमा उपस्थित हुने करिब दुई हजार पाहुनालाई प्रोजेक्टरबाट पनि संविधान जारी कार्यक्रम देखाइनेछ । राष्ट्रपतिले संविधान जारीसँगै संविधानसभाको अन्तिम बैठक बस्नेछ र सभामुखले संविधानसभाका विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम छ । सचिवालयका सहप्रवक्ता कुइँकलेका अनुसार सोही कार्यक्रममा सभासद्हरूले गरेको योगदानलाई सभामुखले धन्यवाद दिनेछन् । बैठकले राष्ट्रपतिलाई पनि धन्यवाद दिने प्रस्ताव पारित गर्नेछ । सचिवालयका कर्मचारीका अनुसार समारोह करिब डेढ घन्टा चल्ने अनुमान छ । संविधान जारी भएसँगै देशभर दीपावली गर्ने कार्यक्रम पनि तय भएको छ । सचिवालयले संविधान जारी गरेपछि संविधानसभा भवन परिसरमा रात्रिभोज आयोजना गर्ने भएको छ । समारोहमा आउने सबै पाहुनालाई भोजमा सरिक गराइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending