नेपालगन्ज । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फर्छौट गरेको जानकारी सार्वजनिक गरेको छ।
उक्त इजलासले आ.व. २०८१/०८२ को साउन महिनादेखि पुस महिनाको अवधिमा ८१० थान मुद्दा फर्छौट गरेको जनाएको हो । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको ६ महिनाभित्र कुल ७६२ थान मुद्दा फर्छौट गर्ने लक्ष्य राखेको थियो तर ४८ थान बढी, अर्थात् ८१० थान मुद्दा फर्छौट गर्न सफल भएको छ ।
सो क्रममा कुल १ हजार ७६७ थान मुद्दा दर्ता भएका थिए, जसमा ९५७ थान मुद्दा बाँकी छन् । बाँकी रहेका मुद्दामा ७४१ थान छ महिना भित्र, १६३ थान छ महिना देखि एक वर्ष भित्र, ४५ थान एक वर्ष देखि अठार महिना भित्र र ८ थान अठार महिना नाघेका छन्। दुई वर्ष नाघेका मुद्दा कुनै पनि बाँकी छैनन्।
गत आ।व मा, यस अवधिमा ४७४ थान मुद्दा फर्छौट भएका थिए र बाँकी रहेका मुद्दामा २१ थान दुई वर्ष नाघेका, ५५ थान अठार महिना नाघेका र १ हजार ४४५ थान एक वर्ष नाघेका थिए । नेपालगञ्ज उच्च अदालतमा लागु औषध र जबरजस्ती करणीका मुद्दा अत्यधिक रहेको जनाइएको छ। आगामी महिनामा एक वर्ष नाघेका सबै मुद्दाहरू फर्छौट गर्ने लक्ष्य राखिएको छ।
यसैगरी बॉके जिल्ला अदालतले ७३.७४५ प्रगति प्राप्त गरेको पाइएको छ । २ हजार २९७ थान मुद्दा फर्छौट भएको छ र ३ हजार ९०० थान मुद्दा बाँकी रहेको छ। बाँकी मुद्दामा १३९ थान दुई वर्ष नाघेका र २७८ थान अठार महिना नाघेका रहेका छन्।
नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालत, सरकारी वकील, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी छिटो र निष्पक्ष न्याय दिने तर्फ जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १७:५५
मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...
आषाढ़ २९ गते, २०८३ - १७:३६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...
आषाढ़ २९ गते, २०८३ - १७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...
आषाढ़ २९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...
आषाढ़ २९ गते, २०८३ - १६:४८
काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...
आषाढ़ २९ गते, २०८३ - १६:४०
काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...
आषाढ़ २९ गते, २०८३ - १६:२२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...
आषाढ़ २९ गते, २०८३ - १६:००
कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...
आषाढ़ २९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...
आषाढ़ २९ गते, २०८३ - १५:०४
काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...



प्रतिकृया लेख्नुहोस्: