नेपालगन्ज । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फर्छौट गरेको जानकारी सार्वजनिक गरेको छ।
उक्त इजलासले आ.व. २०८१/०८२ को साउन महिनादेखि पुस महिनाको अवधिमा ८१० थान मुद्दा फर्छौट गरेको जनाएको हो । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको ६ महिनाभित्र कुल ७६२ थान मुद्दा फर्छौट गर्ने लक्ष्य राखेको थियो तर ४८ थान बढी, अर्थात् ८१० थान मुद्दा फर्छौट गर्न सफल भएको छ ।
सो क्रममा कुल १ हजार ७६७ थान मुद्दा दर्ता भएका थिए, जसमा ९५७ थान मुद्दा बाँकी छन् । बाँकी रहेका मुद्दामा ७४१ थान छ महिना भित्र, १६३ थान छ महिना देखि एक वर्ष भित्र, ४५ थान एक वर्ष देखि अठार महिना भित्र र ८ थान अठार महिना नाघेका छन्। दुई वर्ष नाघेका मुद्दा कुनै पनि बाँकी छैनन्।
गत आ।व मा, यस अवधिमा ४७४ थान मुद्दा फर्छौट भएका थिए र बाँकी रहेका मुद्दामा २१ थान दुई वर्ष नाघेका, ५५ थान अठार महिना नाघेका र १ हजार ४४५ थान एक वर्ष नाघेका थिए । नेपालगञ्ज उच्च अदालतमा लागु औषध र जबरजस्ती करणीका मुद्दा अत्यधिक रहेको जनाइएको छ। आगामी महिनामा एक वर्ष नाघेका सबै मुद्दाहरू फर्छौट गर्ने लक्ष्य राखिएको छ।
यसैगरी बॉके जिल्ला अदालतले ७३.७४५ प्रगति प्राप्त गरेको पाइएको छ । २ हजार २९७ थान मुद्दा फर्छौट भएको छ र ३ हजार ९०० थान मुद्दा बाँकी रहेको छ। बाँकी मुद्दामा १३९ थान दुई वर्ष नाघेका र २७८ थान अठार महिना नाघेका रहेका छन्।
नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर शारुले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालत, सरकारी वकील, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी छिटो र निष्पक्ष न्याय दिने तर्फ जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...




प्रतिकृया लेख्नुहोस्: