Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

देशभर ‘लोकतान्त्रिक सांस्कृतिक अभियान’ गर्दै लोकगायक बिमलराज क्षेत्री

खबरडबली संवाददाता

काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।

सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष  तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।
‘नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्वपुर्ण काम र गतिबिधि अन्य कुनै पार्टीको छैन ।  ति सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले भने ‘सांगीतिक माध्यमबाट ति सबै गतिबिधि जनतामाझ अब पुग्छ ।’ नेपालको महत्वपुर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधै आत्मसात गर्दै आएकोले पनि कांग्रेसका बिषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको थापाको भनाई थियो ।
महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसले कलाकर्मीलाई सधै माया गरेर साथमा लिएर हिड्दै आएको स्मरण गर्दै नेपाली जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान महत्वपुर्ण हुने चर्चा गरे ।
नेपाली कांग्रेस महाधिवेसन सदस्य प्रभातमणी ओझाले बिमलराज क्षेत्री लोकतान्त्रिक अभियानको नेपाली कांग्रेसका लागि किन महत्वपुर्ण भन्ने बिषयमा प्रकास पारे ।
नेपाल सांस्कृतिक महासंघकी कोषध्याक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतको थुप्रै ब्यक्तिको उपस्थिती कार्यक्रममा थियो ।
कार्यक्रममा गायक बिमलराज क्षेत्रीले ‘बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफुले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए । ‘मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो । संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले भने ‘त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ । महासंघका सम्ुपर्ण कार्यसमिति प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ नेपाली कांग्रेसको इतिहार र भविश्यले आफुलाई सधै चिन्तित तुल्याएको बताउने गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिदै गएकोले सबैको जानकारी जनमाझ पुर्याउन आफ्नो अभियान महत्वपुर्ण हुने दाबी गरे ।
‘नेपाली कांग्रेसको बिचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ’, क्षेत्रीले थपे ‘नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ ।’ अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरु समेत गाउने उनले जानकारी दिए । ‘यो लोकतान्त्रिक सांस्कृतिक अभियानले नेपाली जनतालाई कांग्रेससँग अझ नजिकसँग जोड्छ भन्ने विश्वास लिएको छु’ उनले थपे ।
यहि माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ । बिभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक बिमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, संन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत बिभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending