Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

२१ औँ स्थापना दिवसमा प्रेस सेन्टरको प्रभातफेरि

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा प्रभातफेरि गरिएको छ । संगठन केन्द्रीय समितिको आयोजनामा मङ्गलवार बिहान सेन्टरको कार्यालय बबरमहलबाट प्रभातफेरि सुरु गरेर माइतीघर हुदै पुन संगठनको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई  माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कृष्णसेन इच्छुकले जनयुद्धमा गरेको बलदिानबाट आएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेको प्रतिवाद गरिने बताएका छन् । उनले ओली सरकारको उल्टो यात्राले माओवादीलाई फाइदा पुगिरहेको समेत बताए ।

पूर्व सभामुख समेत रहेका सापकोटाले हजारौँ जनयोद्धाको त्याग तपस्या र बलिदानको अवमूल्यन गर्ने षड्यन्त्र धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । आफूहरू केही समय जनताबाट टाढा रहँदा प्रतिगमनकारी सलबलाउने मौका मिलेको बताउँदै सापकोटाले भने, “हामीहरू केही समय अल्मलिएका थियौं तर अहिले अध्यक्ष कमरेड प्रचण्डसहित सिंगो पार्टी जनतामा पुगिरहेको छ ।”

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनयुद्धको समयमा जंगल र ओडारमा बसेर प्रतक्रियावादी सत्ताका विरुद्ध कलम चलाउँदाको समय जत्तिकै अहिले पन उत्तिकै महत्त्व रहेको बताए ।

संगठनका अध्यक्ष विष्णु सापकोटा जुगल’ले प्रेस सेन्टरले पार्टी, संगठन र बिचारको रक्षाका निम्ति आफ्नो तर्फबाट लडिरहेको र यसलाई थप विकास र सुदृढ बनाउँदै लाग्नुपर्ने धारणा राखे ।

यसैबिच प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको पाँचौँ बैठक पनि सुरु भएको छ । बबरमहलमा रहेको क्रिष्टल पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय समिति सरह रहेका विभिन्न आयोग तथा समितिका पदाधिकारी एवं सदस्य रहेका छन् । यस्तै बैठकमा प्रदेश समितिका अध्यक्ष पनि सहभागी छन् ।

केन्द्रीय समिति बैठकले संगठनको अधिवेशनको मिति तय गर्ने र यस अघि सम्पन्न पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending