Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको पाँच दशमलव ८३ प्रतिशत अर्थात् रु दुई अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ । जसमा पुँजीगततर्फ एक दशमलव ३३ प्रतिशत तथा चालुतर्फ १३ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

मधेस सरकारले चालुतर्फ रु १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार र पुँजीगततर्फ रु २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार गरी कुल रु ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो । 

मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत ६ महिनामा मुख्यमन्त्री कार्यालयको रु चार करोड ७५ लाख, अर्थ मन्त्रालयको रु चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको रु सात करोड ९९ लाख खर्च भएको छ । त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको रु २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मन्त्रालयको रु तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको रु ३८ करोड तीन लाख खर्च भएको उल्लेख छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको रु १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको रु सात करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु ५७ करोड ६१ लाख बजेट खर्च भएको जनाइएको छ ।

प्रतिशतका आधारमा मुख्यमन्त्री कार्यालयको ८ दशमलव ९६ प्रतिशत, अर्थ मन्त्रालयको १७ दशमलव ०६ प्रतिशत, उद्योग मन्त्रालयको दुई दशमलव ६८ प्रतिशत, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको पाँच दशमलव ५६ प्रतिशत, ऊर्जा तथा सिँचाइ एवं खानेपानी मन्त्रालयको पाँच दशमलव ४९ प्रतिशत खर्च भएको छ । 

त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्रालयको चार दशमलव ४९ प्रतिशत खर्च भएको देखिएको छ । वन तथा वातावरण मन्त्रालयको १५ दशमलव ६८ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक दशमलव ८८ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयको छ दशमलव १८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयको सात दशमलव ८३ तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ११ दशमलव ०४ प्रतिशत बजेट खर्च भएको उल्लेख छ ।

राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन् । जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताए । बजेट खर्चका लागि प्रदेश सरकारले सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending