Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

खबरडबली संवाददाता

तनहुँ । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउछन्। 

उनले भने, “दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयो भयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।” आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे । 

“पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि पानी पर्दैन”, विकले भने, “करिब एक सय ५० सुन्तलाको बोटमा रोग देखिएको छ, फल पनि लाग्दैन, के भएको हो ? कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सोधपुछ गरिरहेका छौँ ।” यसको समाधान केही नभएको प्राविधिकबाट जवाफ पाएको उनले जानकारी दिए । 

विगतमा एउटा बोटको सुन्तला एक क्रेट हुने भए पनि अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको विकको अनुभव छ । अघिल्लो वर्षसम्म पनि प्रशस्त उत्पादन लिएको सम्झँदै उनले वर्ष फल कम लागेका उत्पादन घट्दै गएको बताए । गत वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका सुनाउँदै उनले यस वर्ष आधा पनि नहुने उल्लेख गरे ।

किसान रामबहादुर अधिकारीले भने, “सुन्तलाले फूल खेल्ने बेलामा पानी पर्नै छोडेको छ, अचेल मौसम फेरिएको जस्तो पो लाग्छ, पानीको अभावले सुन्तला उत्पादनमा कमी आउन थालेको छ ।” फूल खेल्ने बेलामा पानी नपरेर फल लाग्नै नसकेको भन्दै सिँचाइका लागि पानी नहुँदा उत्पादनमा कमी आएको उनको बुझाइ छ । 

“यहाँ सिँचाइका लागि पानीको मुहान पर्याप्त छैनन्, एकमात्र कुवाको पानी गाउँलेले पिउनुपर्ने र वस्तुभाउलाई खुलाउनुपर्ने बाध्यता छ”, अधिकारीले भने, “त्यही मुहानबाहेक अरु छैन, सिँचाइका लागि पानी अभाव छ ।” आकाशे पानीको भरपर्नुपर्ने भए पनि आजकाल पानी पर्ने समय फेरिएको उनले बताए । 

सुन्तला उत्पादन वृद्धि गर्न फूल खेल्ने बेलामा कृत्रिम परागसेचन गराउन प्रविधि प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सुन्तलाको परागसेचनका लागि प्राकृतिक भए उत्कृष्ट भन्दै नेपालमा कृत्रिम परागसेचन गर्ने प्रविधि प्रयोगमा नआएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए । 

उनले भने, “प्राकृतिक रूपमा हुने उत्पादन जैविक र सेवनका लागि उपयुक्त मानिन्छ । कृषिप्रधान देशमा यस्ता कृत्रिम प्रविधि कम प्रयोग हुन्छन्, वा प्रयोग नै हुँदैनन् । प्रकृतिमा परिवर्तन आउँदा किसान मारमा परेका छन् ।”
    
विकसित मुलुकमाभन्दा विकासिल मुलुकमा बढी जलवायु परिवर्तनको प्रभाव परिरहेको सूचना अधिकारी परियारले बताए । उनले भने, “किसानले जलवायु परिवर्तनको प्रभावका कारण यस्ता परिवर्तन भइरहेका भन्ने थाहा पाएका छैनन् । प्रत्यक्ष रूपमा खेतीबालीमा जलवायु परिवर्तनको प्रभाव परिरहेको छ ।” सुन्तलामा समस्या आएको किसानबाट गुनासो आउने गरेका भन्दै जलवायु परिवर्तनको प्रभाव भन्ने किसानले नबुझेकाले बुझाउन समस्या हुने गरेको उनले बताए ।

सुन्तलामा विभिन्न सङ्क्रमणका कारण लाग्ने रोग र उपचार केन्द्रसँग नभएको परियारले बताए । सामान्य रूपमा सङ्क्रमण न्यूनीकरणका उपाय अनाउने र किसानलाई सिकाउने गरिएको, सिँचाइलाई बढी प्राथमिकता दिन सुझाव दिने गरिएको केन्द्रले जनाएको छ ।  

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले विगतमा छदेखि आठ सय मिटरसम्मको उचाइ सुन्तला उत्पादन राम्रो हुने गरेको बताए । “अहिले बिस्तारै तापक्रम बढ्दै गएको छ, नौ सय मिटरभन्दा तलका क्षेत्रमा सुन्तला उत्पादन कम भएका छन्”, उनले भने, “सुन्तला उत्पादनका लागि मौसम चिसो आवश्यक पर्दछ । पहिला उपयुक्त मौसम थियो, अहिले यहाँको तापक्रम बढ्दो छ, जसले उत्पादन कम हुँदै गएको छ । कतिपय ठाउँमा उत्पादन हुनै छाडेका छन् ।” 

नौ सय मिटर उचाइभन्दा माथिका स्थानमा सुन्तला उत्पादन राम्रो भएको पाइएको प्रमुख लामिछानेले जानकारी दिए । गुञ्जारका सुन्तलाखेती सातदेखि आठ मिटर उचाइमा गरिएका छन्, ती क्षेत्रभन्दा माथिल्लो क्षेत्र उमाचोकमा करिब नौ सय मिटर उचाइमा रहेकाले यहाँ प्रशस्त उत्पादन हुने उनको भनाइ छ ।

उनका अनुसार जिल्लाका सुन्तला पकेट क्षेत्रमध्ये नौ सय मिटर उचाइ माथिका म्याग्दे गाउँपालिका–२ उमाचोक, देवघाट गाउँपालिका–२, ३ नम्बर वडामा सुन्तलाखेती प्रशस्त भइरहेको छ । त्यस्तै ऋषिङ गाउँपालिका, घिरिङ, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका क्षेत्रक सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको उहाँले उल्लेख गरे ।

केन्द्रका प्रमुख लामिछानेका अनुसार देवघाट क्षेत्रमा बढी उचाइमा उत्पादन हुने भएकाले यस क्षेत्रका सुन्ताला स्वादिला र रसिला रहेका कृषि ज्ञान केन्द्रको अध्ययनले देखाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: