Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

संसद् बैठकमा सत्तारुढ दल एक मतका साथ प्रस्तुत हुने

खबरडबली संवाददाता

काठमाडौं ।  सत्ता साझेदार दलहरुले संसद् बैठकमा एक मतका साथ प्रस्तुत हुने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेका हुन् ।

‘हामी सबै एकैस्वर भएर संसद्‌मा जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । अरु धेरै कुरा भएन,’ ती नेताले भने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए । ‘प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गर्नुभयो । पूर्वप्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीले पनि (शेरबहादुर देउवा) ले पनि राम्रो छ भन्नुभयो’, उनले भने । सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको छ । 

बैठकले संसद्मा प्रस्तुत हुने एजेण्डाहरुमा एकमतका साथ प्रस्तुत हुने निष्कर्ष निकालेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले बताए । ‘संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एउटै लय र एउटै गतिमा उभिने तथा सरकारका सकारात्मक कामको पक्षमा दरिलो साथ र समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निस्किएको छ’, उनले भने । 

उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए । ‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र भुमिका निर्वाह गर्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘दल विशेष केही सल्लाह गर्नुपर्ने अवस्था आएमा निरन्तर छलफल गर्ने तथा समग्रमा सत्तारुढ दलमा असहमति र असमझदारी छैन भन्नेमा छलफल भएको छ ।’

बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको र बोल्ने नेताहरूले अध्यादेशमा राम्रा कुरा आएको र स्वागतयोग्य रहेको बताएका थिए । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी थिए । यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending