काठमाडौं । सत्ता साझेदार दलहरुले संसद् बैठकमा एक मतका साथ प्रस्तुत हुने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेका हुन् ।
‘हामी सबै एकैस्वर भएर संसद्मा जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । अरु धेरै कुरा भएन,’ ती नेताले भने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए । ‘प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गर्नुभयो । पूर्वप्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीले पनि (शेरबहादुर देउवा) ले पनि राम्रो छ भन्नुभयो’, उनले भने । सरकार र सत्तारुढबीच समस्या नरहेको निष्कर्षपछि संसद् बैठकमा पनि एउटै मत बनाएर जाने निर्णय गरिएको छ ।
बैठकले संसद्मा प्रस्तुत हुने एजेण्डाहरुमा एकमतका साथ प्रस्तुत हुने निष्कर्ष निकालेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले बताए । ‘संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एउटै लय र एउटै गतिमा उभिने तथा सरकारका सकारात्मक कामको पक्षमा दरिलो साथ र समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निस्किएको छ’, उनले भने ।
उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए । ‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र भुमिका निर्वाह गर्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘दल विशेष केही सल्लाह गर्नुपर्ने अवस्था आएमा निरन्तर छलफल गर्ने तथा समग्रमा सत्तारुढ दलमा असहमति र असमझदारी छैन भन्नेमा छलफल भएको छ ।’
बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको र बोल्ने नेताहरूले अध्यादेशमा राम्रा कुरा आएको र स्वागतयोग्य रहेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी थिए । यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: