Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्।

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन्।

'अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई  वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ,' प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, 'सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने हुँदा यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न अझ हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछुु।’

उनले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यावसाय गर्नु हुने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवम् पेशागत जीवन निर्धक्क भएर काम गर्न समेत आग्रह गरे।

प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रमस्थलमा वाचन गरी प्रस्तुत गरिएको थियो। 

‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने मूूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते यो दिवस मनाउने निर्णय गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending