Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

नन्दकिशोर पुन राजनीतिमा आउँदा विद्या भण्डारी खुसी

राष्ट्रको आवश्यकताले खोजे आफुपनि दलीय राजनीतिमा पुनः सक्रिय हुने

खबरडबली संवाददाता

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी व्यक्त गरेकी छन् । विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरुले यसबारे प्रश्न गर्दा उनले पासाङ सक्रिय राजनीतिमा खुसी लागेको बताएकी हुन् । 

भण्डारीले आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् । ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् । अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ । दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै सञ्चारकर्मीले पटकपटक सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताईन्  ।

आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ । ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ उनले भनिन्, ‘ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्नेछु ।’

दलीय राजनीतिमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending