तेह्रथुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेशिने क्रम बढ्दै गएको बताएका हुन् ।
उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकी ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आँफै धनि, आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’
साथै उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहेनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरुले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो । हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहेनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोे दृष्टिकोणले अब्बल छ ।’
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - २३:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...
आषाढ़ २८ गते, २०८३ - २२:४४
किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित
आषाढ़ २८ गते, २०८३ - २२:१७
काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...
आषाढ़ २८ गते, २०८३ - २२:०१
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...



प्रतिकृया लेख्नुहोस्: