काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘देशको अर्थतन्त्रबारे प्रधानमन्त्री पनि जानकार नै हुनुहुन्छ, तर पछिल्लो समय भक्तपुरमा विकास हरायो, प्रधानमन्त्री यही हुनुहुन्छ, विकासको प्रक्रिया कहाँ अड्कियो ? प्रधानमन्त्रीलाई प्रश्न गर्छु, भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभो ? कुनै राजनीतिक दलको लागि मात्रै विकास निर्माण अड्किएको हो भने आजैदेखि भन्छु, विकास निर्माणको काम सरकारको नेतृत्व गरेको दलले लिने कि नलिने ?’
सांस्द थापाले अहिले कांग्रेस र एमाले एउटै सरकारमा भएकाले विकास निर्माणको गाँठो फुकाउनुपर्नेमा जोड दिए । उनले एमाले नेता महेश बस्नेतलाई लक्षित गर्दै भक्तपुरमा आफ्नै खल्तीबाट रकम हालेर काम गरे जस्तो गरेर प्रचार नगर्न आग्रह गरे ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापतिसमेत रहेको सांसद थापाले विगतमा प्रतिस्पर्धा भए पनि विकास निर्माणको लागि सहकार्य गर्न तयार रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - २३:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...
आषाढ़ २८ गते, २०८३ - २२:४४
किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित
आषाढ़ २८ गते, २०८३ - २२:१७
काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...
आषाढ़ २८ गते, २०८३ - २२:०१
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...



प्रतिकृया लेख्नुहोस्: