काठमाडौं । पूर्वी नेपालको भ्रमणमा निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुम पुगेका छन् । पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई लिएर प्रचण्ड पूर्व नेपालको भ्रमणमा निस्किएका हुन् ।
भ्रमणका क्रममा अहिले तेह्रथुमको लालिगुराँस गाउँपालिका–२ स्थित चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रूपमा मारिएका थिए ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरू उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मङ्गलवार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका रहेको छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभा हलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्ति पत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - २०:०७
काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...
आषाढ़ २९ गते, २०८३ - १९:०९
काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...
आषाढ़ २९ गते, २०८३ - १८:२८
सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक
आषाढ़ २९ गते, २०८३ - १८:१५
काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...
आषाढ़ २९ गते, २०८३ - १८:१२
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...
आषाढ़ २९ गते, २०८३ - १८:१०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...
आषाढ़ २९ गते, २०८३ - १७:५८
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...
आषाढ़ २९ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...
आषाढ़ २९ गते, २०८३ - १७:५०
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...
आषाढ़ २९ गते, २०८३ - १७:४८
काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...



प्रतिकृया लेख्नुहोस्: