Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भुटानी शरणार्थी प्रकरणः थप २ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि हालै मात्र थाहा भएको हो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ ।

प्रहरीका अनुसार, अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो । त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन् । २६ भदौ २०८१ मा फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर खोजतलास गरिएको भेटिएको छ ।

प्रहरीमा परेको जाहेरी अनुसार, शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए । त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ ।

पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ ।

‘त्यसबेला उहाँले मलाई हाल नगद १५ लाख ७६ हजार रुपैयाँ दिनु भन्नुभएको थियो, त्यसपछि बाँकी नगद २९ लाख २४ हजार रुपैयाँ ठिक्क पारेर राख्नुस्, मैले फोन गरेपश्चात लिएर आउनुस् भन्नुभएको थियो’, जाहेरीमा भनिएको छ, ‘मैले उक्त बाँकी रहेको रकम सापटी लिएर जम्मा गरेपछि उहाँलाई सम्पर्क गर्दा अहिले शरणार्थी प्रकरणको मुद्दा चर्किएको भन्दै चुप लागेर बस्न भन्नुभएको थियो ।’

जाहेरीमा उल्लेख भएअनुसार, शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो । प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

आइतबार दर्ता भएको मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बयान र बहस हुँदैछ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०८० मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।

उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

पाण्डे, रायमाझी लगायतका व्यक्तिहरु अझै कारागारमा रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending