Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

बोयर जातको बोकाको माग उच्च

खबरडबली संवाददाता

तनहुँ । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको  छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । 

बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । 

केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको थियो । त्यस वर्ष ३४ खरी बाख्रा उत्पादनको लक्ष्य रहेकामा ७० खरी बाख्रा उत्पादन भएको थियो । केन्द्रका डा राजु प्रमुख कँडेलका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । 

त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो ।

अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । उनले भने, ‘स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।’ 

केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको प्रमुख डा कँडेलको भनाइ छ । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्राहरू म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, धादिङमा वितरण भएको कँडेलको भनाइ छ । 

यसैबिच आइतबारदेखि बाख्रापालन तालिम सुरु भएको छ । तालिम यही माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सात वटै प्रदेशबाट २० व्यावसायिक कृषकको सहभागिता छ ।  आवासीय तालिमअन्तर्गत किसानलाई प्रयोगात्मक विधिमार्फत बाख्रापालनसम्बन्धी विभिन्न ज्ञान प्रदान गरिने केन्द्रका प्रमुख डा कँडेलले जानकारी दिए । तालिममा रोग खोप, दाना व्यवस्थापन, प्रजनन विधि, र खोरको व्यवस्थापनलगायतका विषयमा व्यावहारिक अभ्यास गराइने उनले उल्लेख गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाका...

वामदेव, नारायणकाजीसहित यी १९ राष्ट्रिय सभा सांसदको सकिँदैछ कार्यकाल

काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ।  रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन ह...

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरू भएको कार्यसम्पादन समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा ...

राष्ट्रिय सभा निर्वाचन- एमालेले टुंग्यायो उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग  तालमेल ...

आमाले सानैमा छाडेर गइन्, जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभि...

भेनेजुएलापछि ट्रम्पले आँखा लगाउन सक्ने पाँच देशहरू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई ...

प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

काठमाडौँ । चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् । जनस...

अघि बढे गगन-विश्व, आज विशेष महाधिवेशन आह्वान गर्दै

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा पार्टी विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनका विषयमा विवाद नया...

रोजगारी बढाउने गरी काम गछौँ : मन्त्री घिसिङ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending