Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

राप्रपा केन्द्रीय समितिको बैठक‘ ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर जस्तै भयोः ज्ञानेन्द्र शाही

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् । काठमाडौंमा जारी बैठकबारे प्रश्न गर्दै उनले पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् ।

‘कतै राप्रपा केन्द्रीय समितिको बैठक‘ ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर’ त भएन ?’, उनले बैठकबारे प्रश्न गरेका छन्। राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनले बताए ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूबीच छलफल चलिरहेकाले राप्रपाले पनि यसबारे धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए । संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै उनले यसका विषय के कस्ता हुन सक्छन् भनेर चर्चा गरेका छन् ।

संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् । एकजना व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

‘अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले भनेका छन् । प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाबारे जनमत संग्रह जस्ता विषयमा जाने गरी पार्टीले निर्णय लिनुपर्ने उनले बताएका छन् ।

संविधान संशोधनका लागि अन्य एजेण्डासमेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीले जिकिर गरेका छन् । ‘भ्रष्टाचारीलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीलाई मताधिकार, युवालाई रोजगारी ग्यारेन्टी संविधान संशोधनका क्रममा समेटिनुपर्छ’, उनले भनेका छन् ।

कर्मचारी र शिक्षकलाई राजनीतिमा निषेध गर्नेगरी आवश्यक व्यवस्था संविधानमै गरिनुपर्नेमा उनको जोड छ । तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

‘हामी अहिले एकअर्कालाई आरोप र प्रत्यारोप गरेर पार्टीको केन्द्रीय समिति बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ’, उनले भनेका छन्, ‘जो आफैंमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेवारिसे गाडी प्रकरणमा नेकपा नेता सरल सहयात्री पौडेलको आक्रोश, 'यो सालिन आतंक कसले सिर्जना गर्‍यो?'

काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...

बेवारिसे गाडी प्रकरण: पाँच स्थान, पाँच गाडी, एउटै रहस्य

काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending