काठमाडौं । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक एक थान, बारूद करिब २०० ग्राम, छर्रा करिब ७५० ग्राम, चक्कु एक थान, पिलास एक थान र बन्दुकमा राख्ने क्याप ६ थानसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका–८ दाङजा बस्ने ४१ वर्षीय सुरेश कुमाल र २५ वर्षीय कमल कुमाल रहेका छन् । प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - २०:०७
काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...
आषाढ़ २९ गते, २०८३ - १९:०९
काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...
आषाढ़ २९ गते, २०८३ - १८:२८
सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक
आषाढ़ २९ गते, २०८३ - १८:१५
काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...
आषाढ़ २९ गते, २०८३ - १८:१२
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...
आषाढ़ २९ गते, २०८३ - १८:१०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...
आषाढ़ २९ गते, २०८३ - १७:५८
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...
आषाढ़ २९ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...
आषाढ़ २९ गते, २०८३ - १७:५०
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...
आषाढ़ २९ गते, २०८३ - १७:४८
काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...



प्रतिकृया लेख्नुहोस्: