Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

धनुषाका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सांकेतिक तस्विर
खबरडबली संवाददाता

धनुषा  । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको हो ।

यस वर्षको सरस्वती पूजा यही माघ २१ गते परेको छ । सोही पूजालाई लक्षित गरी मूर्ति बनाउन मूर्तिकार व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार चन्द्रदेव पण्डितले बताए ।

धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, भुतही पोखरी डिल, बिन्दही, महुवालगायतका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छन् ।

मूर्तिकार रामकुमार मण्डलले यस वर्षका लागि ३५ वटा मूर्ति बनाइसकेका छन् । उनीसँग प्रतिगोटा तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् । मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउदै आएको छ । “आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु”, उनले भने । मूर्तिकार चन्द्रदेव पण्डितको मुख्य पेसा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि पाँच हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गर्ने बताए ।

सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरूको भनाइ छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

माटो, काठ, रङ, कपडा तथा परालबाट मूर्ति बनाइन्छ । विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरूले पूजा गर्ने गर्दछन् । हिन्दू परम्पराअनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक सङ्घ संस्थाले मूर्ति नै स्थापना गरी पूजाअर्चना गर्ने गर्दछ ।

सरस्वती पूजा धार्मिक परम्परा भए पनि त्यसभित्र ठूलो व्यवसाय रहेको मूर्तिकार बताउँछ । यो समयमा मूर्तिबाट राम्रो आम्दानी लिने गरेको धनुषाका मूर्तिकार पन्चा पण्डित बताउँछन् । सरस्वती पूजाको अवधिभरमा करिब एक लाख ५० हजारभन्दा बढीसम्मको आम्दानी गर्ने गरेको उनले बताए । आफूले आकर्षक मूर्ति बनाउने गरेका कारण अहिले विभिन्न विद्यालयबाट अर्डर आएको उनको भनाइ छ ।

विशेषगरी दुर्गापूजा, विश्वकर्मापूजा, कृष्णजन्माष्टमी र सरस्वती पूजाको समयमा मूर्तिको माग हुने गर्दछ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending