काठमाडौं । सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए ।
‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उनले भने ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको उपाध्यक्ष तिवारीको भनाइ छ । ‘प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउ खेतीका लागि तालिम दिएर पठाइएको छ’, उनले भने, ‘त्यस्तै च्याउ खेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो ।’
गत वर्ष परीक्षणका रूपमा आठ वटा विद्यालयमा गरिएको च्याउखेती सफल भएपछि यस वर्षदेखि अन्य विद्यालयमा पनि च्याउ खेतीलाई विस्तार गर्न लागिएको हो । ‘विद्यालयले उत्पादन गरेको च्याउ दिवा खाजामा प्रयोग गरेर पनि बढी हुने अवस्था आए बजारमा बिक्री गर्ने योजनामा छौँ,’ उपाध्यक्ष तिवारीले भने, ‘यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छ भने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन् ।’
च्याउ खेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उनको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आवका लागि एक लाख बजेट विनियोजन गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: