Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

‘‘युवाहरूलाई उद्यममा आकर्षित गर्न राज्यको प्रयास पुगेन’

खबरडबली संवाददाता

सुर्खेत । युवा उद्यमीहरूले युवाहरूलाई बिदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन  शनिवार प्यानल छलफलका वक्ताहरूले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको धारणा राखेका हुन्।  

विनीता बोगटीले सहजीकरण गरेको ‘कर्णालीका युवाः उद्यमी र सृजनशील युवा’ सत्रमा युवा उद्यमीहरू पोषणराज रेग्मी, राजेन्द्र विष्ट, कल्पना विष्ट, लक्ष्मी भट्टराई र आकाशदीप श्रेष्ठ प्यानलिष्ट थिए । उनीहरूले राज्यले युवा उद्यमशीलता उन्मुख नीति ल्याएर विदेश जानबाट रोक्नुपर्ने बताएका थिए  ।

वीरेन्द्रनगरमा रेस्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरूलाई रोजगारी दिएका पोषणले युवालाई बिदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरूलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरू स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रूपमा सहजीकरण गर्नु जरुरी छ ।’

अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्रले पोषणकै भनाइमा सहमत जनाउँदै युवाहरूलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरू युवाहरूलाई प्रेरित गर्नका लागि भएको बताए । 

नवप्रवर्तनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन् । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशीलतामा आकर्षित भएको पाइँदैन ।’ 

उद्यमी कल्पनाले उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्का उद्यमी लक्ष्मीले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राख्दै भनिन्, ‘युवाहरूलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।’ लक्ष्मीले वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरूको उत्पादन र बजारीकरण गर्दै आएकी छिन् । 

नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरूका लागि उद्यमशीलता र नव प्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए । कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रवारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending