Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

आकाशमा उडिरहेको नेपालको राजनीति धर्तीमा ल्याउन जरुरी छः विप्लव

खबरडबली संवाददाता

पर्सा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले भने  ‘नेपालको राजनीति अहिले आकाशमा उडिरहेको छ, ठूला ठूला नभएका कुरा गरेर जनतालाई आशा देखाइँदै छ, जनतासँग दुई छाक खाने हैसियत छैन, त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन जरुरी छ ।’

नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले आज पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए । ‘यो गणतन्त्रबाट जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिब गरिब नै छन्, हिजो सामन्तीको रजगज थियो, आज दलाल पुँजीवादीको रजगज छ ।’

देशको आधाभन्दा बढी सम्पत्ति १०र१२ प्रतिशत धनीको हातमा रहेको भन्दै उनले बैंकमा पैसा थुप्रिँदै गएको तर अर्कोतिर गरिब निमुखा जनताको हात खाली रहेको टिप्पणी गरे । हाल पनि सीमित वर्गकै हातमा कानुन, प्रशासन र अर्थतन्त्र रहेको उनले बताए ।

देशको राजनीति हाल भाषण, गफ, चाकरी र अरुलाई खुसी पार्नमा सीमित हुँदै गएको भन्दै चन्दले राजनीति जनताको जीवन परिवर्तन गर्ने साधन बन्न नसकेको बताए । हालको परिस्थिति सिर्जना हुनुमा सबैभन्दा ठूलो गल्ती माओवादी आन्दोलनले नै गरेको आरोप लगाउँदै उनले भने, ‘हामीलाई जनताले तेस्रो साथ दिए, तैपनि हामी चुक्यौं, हामी काठमाडौं प्रवेश गरेपछि जनयुद्धको भावनाअनुरुप आफूलाई बदल्न सकेनौं ।’

जनतामा अझै पनि आफूहरुले फेरि बन्दुक बोक्ने हो कि भन्ने त्रास रहेको बताउँदै उनले तत्कालै आफूहरुले बन्दुक बोक्ने योजना नरहेको प्रस्ट पारे । ‘जुन दिन जनताको आवाज बन्दुकबाट दबाइन्छ, त्यस दिन हामी फेरि बन्दुक बोक्छौं,’ उनले भने ।

यसअघि उनले ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थको लोकार्पणसमेत गरेका थिए । सिजनको द्वन्द्वकालमा सुरक्षाफौजको आक्रमणमा परी मृत्यु भएको थियो भने उनका बुवा सञ्चारकर्मी सुदर्शनराज पाण्डेको यसै वर्षको भदौमा महिनामा मृत्यु भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending