Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

अखिल (क्रान्तिकारी)को मतगणना आजै हुने

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरू भएको मतदानकोस समय अपराह्न ४ बजेसम्म तोकिएको थियो।

यद्यपि ४ बजेअघि नै मतदानका लागि लाइनमा रहेकाहरूले मतदान गरिसक्दा केही ढिलागरी मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए।

उनले मतगणना पनि बेलुकादेखि नै सुरू हुने उनले जानकारी दिए। मतगणना सातै प्रदेशमा सम्पन्न भइसकेको र मतगणना आजै बेलुकादेखि नै सुरू हुने उनको भनाइ छ । 

निर्वाचनबाट ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ जना केन्द्रीय सदस्य, लेखा, निर्वाचन र अनुशासन आयोगमा पदाधिकारी र सदस्य गरी कुल ३१२ जना छानिनेछन्। 

अध्यक्ष पदका लागि चार जना मैदानमा छन्।  चारै जनालाई माओवादीको केन्द्रीय पदाधिकारी तहका छुट्टाछुट्टै नेताहरुको समर्थन रहेको छ।

अध्यक्षका उम्मेदवार उपदेश यादव  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विजयप्रकाश सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल उपमहासचिव वर्षमान पुन र हेमन्त राई उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् ।

उपाध्यक्ष पम्फा भूसाल निकट विश्वमणि थापा र कृष्णबहादुर महरानिकट योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएर विजय सापकोटालाई समर्थन गरेका थिए।

महासचिवमा १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको उम्मेदवारी कायम भएको छ। तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल महासचिवका उम्मेदवार हुन्।

३३ सदस्यीय पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव,  ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष रहनेछन्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending