Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

माओवादी केन्द्र एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

घोराही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएको छन ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताएको हो । माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रुपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताए ।

आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष प्रचण्डले भने, ‘‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्णका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिदैन । माओवादी अरुको वैशाखी टेक्ने होइन, बरु अरूलाई टेकाउने पार्टी हो ।’’

अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरु गरिसकेको र उपनिर्वाचनले राम्रो सङकेत गरेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताएको थिए । देशमा सुशासन, सामाजिक न्याय र र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताउनुभएको थियो । माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो । कामबाट नै त्यो पुष्टि भइरहेको छ । माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ । सत्ताको खेलमा छैन ।’’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको बताए । विगतमा सहमति गरेका दलहरु विभाजित हुँदा राम्रो सन्देश नजाने र शान्तिा सम्झौताका बाँकी कार्यभार पूरा गर्न अप्ठ्यारो हुने भएकाले एजेण्डाका रुपमा फरक भए पनि शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याउनका लागि मिल्न आवश्यक रहेको बताए।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरुद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताएको थिए । स्थानीय विकाससँग जोडिएका योजनाका बारेमा कुरा गर्दै प्रचण्डले टरीगाउँ विमानस्थलको विकासले यस क्षेत्रको बहुआमिक विकासमा अर्थ राख्ने भएकाले माओवादीले पहल गरिरहेको बताए ।

विगतमा आफु प्रधानमन्त्री भएको समयमा पनि टरिगाँउ एयरपोर्टको विकासका बारेमा स्थलगत अनुगमन गरेर स्तरवृद्धिका लागि बजेट बिनियोजन गरेर पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले भनेयो, ‘‘विगतमा स्तरवृद्धिका लागि पहल भए पनि राजनीतिक स्वार्थका कारण सफल हुन सकिन । अहिले सवै दलहरु टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि सहमति भएका छन्, अब पक्कै हुनेछ ।’’

उनले गठबन्धन गर्ने सम्बन्धमा नेताहरुका बिचमा फरक फरक विचारहरु आइरहेकाले कांग्रेस–एमालेको वर्तमान सरकार लामो समय टिक्न नसक्ने बताए। वर्तमान सरकार २०८४ सम्मै जाओस भन्ने आफ्नो चाहना भए पनि पछिल्लो समय कांग्रेस–एमालेका नेताहरुको फरक फरक बोली आइरहेकाले लामो समयसम्म वर्तमान सत्ता गठबन्धन जान सक्ने अवस्था नरहेको बताएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending