Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अखिल (क्रान्तिकारी) मा प्रचण्डको आश्वासन पाएकाहरु ‘हेडक्वार्टर’ को साथ रहेकोमा ढुक्क

अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।   गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण हुन नसकेको निर्वाचन आगामी १२ गते हुन लागेको हो । 

अध्यक्ष पदका लागि उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापा सहितका ६ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका ६ जना उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै महासचिवका ९ जना उम्मेदवारमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ । यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल उपमहासचिव वर्षमान पुन, राई अर्का उपमहासचिव जनार्दन शर्मा, बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र थापा महासचिव देव गुरुङका उम्मेदवार हुन् ।

यस्तै महासचिवका लागि तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयालविच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन समितिले शुक्रवार बहिान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उक्त समयमा अध्यक्षका एक र महासचिवका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।

क्रािन्तकारीमा ३२ वर्षे उमेर हद लगाएपछि पुराना विद्यार्थी नेता सबै बिदा भएसँगै पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहेका छन् । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार हुन् ।

चुनाव घोषणाअघि पार्टी अध्यक्ष प्रचण्डले अध्यक्षका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत रुपमा नचिनेपनि जब चुनाव हुने भयो तब नेताहरुले आ–आफ्ना उम्मेदवार प्रचण्डकहाँ लगेर भेटाउन थाले । त्यसपछि उनले नाती पुस्ताका नेताहरु चिन्न थाले ।

पछिल्लो समय उनले अध्यक्षका तीन उम्मेदवार पुननिटक पौडेल, शर्मानिकट राई र बस्नेतनिकट सोपकोटालाई एक्लै बोलाएर ‘मेरो उम्मेदवार तपाईं हो है लाग्नूस्’ भनेका छन् । प्रचण्डको आश्वासन पाएका तीनै जना आफूलाई ‘हेडक्वार्टर’ को साथ रहेकामा ढुक्क भएका छन् ।

उनीहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफू नै ‘हेडक्र्वाटर’ को आधिकारिक उम्मेदवार भएको दावीसहित भोट मागिरहेका छन् । एक्ला–एक्लै भेट्दा तीन जनालाई बचन दिए पनि अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवार को हो भन्नेबारे  खुलाएका छैनन् ।

हेराैं काे–काे छन् उमेदवार ?

याे पनि पढाैं: विद्यार्थी स्रंगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending