Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

अखिल (क्रान्तिकारी) मा प्रचण्डको आश्वासन पाएकाहरु ‘हेडक्वार्टर’ को साथ रहेकोमा ढुक्क

अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।   गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण हुन नसकेको निर्वाचन आगामी १२ गते हुन लागेको हो । 

अध्यक्ष पदका लागि उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापा सहितका ६ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका ६ जना उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै महासचिवका ९ जना उम्मेदवारमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ । यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल उपमहासचिव वर्षमान पुन, राई अर्का उपमहासचिव जनार्दन शर्मा, बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र थापा महासचिव देव गुरुङका उम्मेदवार हुन् ।

यस्तै महासचिवका लागि तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयालविच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन समितिले शुक्रवार बहिान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उक्त समयमा अध्यक्षका एक र महासचिवका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।

क्रािन्तकारीमा ३२ वर्षे उमेर हद लगाएपछि पुराना विद्यार्थी नेता सबै बिदा भएसँगै पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहेका छन् । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार हुन् ।

चुनाव घोषणाअघि पार्टी अध्यक्ष प्रचण्डले अध्यक्षका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत रुपमा नचिनेपनि जब चुनाव हुने भयो तब नेताहरुले आ–आफ्ना उम्मेदवार प्रचण्डकहाँ लगेर भेटाउन थाले । त्यसपछि उनले नाती पुस्ताका नेताहरु चिन्न थाले ।

पछिल्लो समय उनले अध्यक्षका तीन उम्मेदवार पुननिटक पौडेल, शर्मानिकट राई र बस्नेतनिकट सोपकोटालाई एक्लै बोलाएर ‘मेरो उम्मेदवार तपाईं हो है लाग्नूस्’ भनेका छन् । प्रचण्डको आश्वासन पाएका तीनै जना आफूलाई ‘हेडक्वार्टर’ को साथ रहेकामा ढुक्क भएका छन् ।

उनीहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफू नै ‘हेडक्र्वाटर’ को आधिकारिक उम्मेदवार भएको दावीसहित भोट मागिरहेका छन् । एक्ला–एक्लै भेट्दा तीन जनालाई बचन दिए पनि अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवार को हो भन्नेबारे  खुलाएका छैनन् ।

हेराैं काे–काे छन् उमेदवार ?

याे पनि पढाैं: विद्यार्थी स्रंगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending