Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

प्रचण्डको अपिल: `हामी गल्ति सच्चाउँछौं, ०८४ बहुमत दिनुहोस्´

खबरडबली संवाददाता

दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । तुलसीपुर नगरकमिटिले तलसीपुरमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर  फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा तपाईँहरुको साथ चाहियो । तपाइहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।'

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएकोसमेत दावी गरे । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफुले देशभर गरेको अभियानमा   जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनले बताए।

अध्यक्ष प्रचण्डले भने -'सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।'

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए।

 अध्यक्ष प्रचण्डले भने -'दुई ठुला कम्यिुनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।'

माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले बताए ।

विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उत अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी  दिए। 'माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं,' उनले भने ।

आफुले रोष्टमबाट यो सरकार शुसानको डरले बनेको भनेर भनेको स्मण गर्दै सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढग्गले बनेको बताए। उनले भने,  -'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भने । म चुनौतिका साथ भन्न चाहान्छु ,अहिले सकारको नेतृत्व गर्नेले मैले झै आफैलाई अनुसन्धान गरेर देखाउनू ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending