महोत्तरी । महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने विषय विवादित बनेको छ । उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको बेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको हो ।
आधा दर्जन संघ, संस्थाहरुले महोत्सवको लागि निवेदन दिएसँगै विवाद सामधानको लागि नगरले माघ- ८ गते उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा सात सदस्य गठन समेत गरेको थियो ।
तर, सबै संघ, संस्थाको प्रतिनिधित्व हुनेगरी बनेको समितिले महोत्सव कसले लगाउने भन्ने सम्बन्धमा सहमति निकाल्न नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको समितिका संयोजक विष्णु खड्काले जानकारी दिए । असहमतिका वावजुत पनि नगरले हाम्रो माया घरलाई अनुमति दिएपछि स्थानीय व्यापारीले आन्दोलनको तयारी गरेका छन् ।
‘हजारौ व्यापारीको साझा संस्था उधोग वाणिज्य संघलाई अनुमति नदिइकन हाम्रो माया घरलाई अनुमति दिनु त्यति उचित देखिँदैन ।’ स्थानीय व्यापारी बिष्णु पुरीले भने, ‘यो विषयमा नगरले पुनरावलोकन गर्नुपर्छ ।’
महोत्सवबाट आर्थिक कलेक्सन मात्र हैन परिमार्जन गर्नुपर्ने थुप्रै विषयवस्तु भएको बताउँदै होटल पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले महोत्सवलाई पैसा आर्जन गर्ने नाममा कसैलाई पनि विकृत बनाउने छुट नभएको बताए ।
आवस्यक परे कालो झण्डा देखाएर अहिले लगाउने भनिएको महोत्सवलाई विरोध गर्न समेत बाध्य हुनुपर्ने उनको भनाई छ । तर, नगरले भने कसैलाई काखा र कसैलाई पाखा नगरी सामाजिक प्राथमिकतालाई आधार बनाईएको बताएको छ । ‘माया घरको योजना र दिर्घकालिन भविष्य निक्कै शुन्दर छ त्यसैले हाम्रो माया घरको लागि सवैले सहयोग गर्नुपर्छ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
यता महोत्सवको विषयमा व्यापारीहरुले विरोध जनाएपछि हाम्रो माया घरले पनि छलफल प्रक्रिया अगाडी बढाएको छ । आज नै उधोग बाणिज्य संघलाई माया घरले सहयोगको लागि पत्र पठाएको सचिव चेत कुमार थापाले बताए । ‘विरोध छ भन्ने सुनेको छु तर हाम्रो पत्रको उधोग वाणिज्य संघले आधिकारिक जवाफ दिएको छैन,’ सचिव थापाले भने, ‘हामी छलफलबाट अगाडी बढछौं ।’
उधोग वाणिज्य संघको आजको बैठकमा बस्तुगत संस्थाले समेतविरोध जनाएका छन् । माया घरलाई अनुमति दिनु अपरिपक्क भएको वताउदै अविलम्ब उक्त निर्णय सच्याउन माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: