महोत्तरी । महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने विषय विवादित बनेको छ । उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको बेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको हो ।
आधा दर्जन संघ, संस्थाहरुले महोत्सवको लागि निवेदन दिएसँगै विवाद सामधानको लागि नगरले माघ- ८ गते उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा सात सदस्य गठन समेत गरेको थियो ।
तर, सबै संघ, संस्थाको प्रतिनिधित्व हुनेगरी बनेको समितिले महोत्सव कसले लगाउने भन्ने सम्बन्धमा सहमति निकाल्न नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको समितिका संयोजक विष्णु खड्काले जानकारी दिए । असहमतिका वावजुत पनि नगरले हाम्रो माया घरलाई अनुमति दिएपछि स्थानीय व्यापारीले आन्दोलनको तयारी गरेका छन् ।
‘हजारौ व्यापारीको साझा संस्था उधोग वाणिज्य संघलाई अनुमति नदिइकन हाम्रो माया घरलाई अनुमति दिनु त्यति उचित देखिँदैन ।’ स्थानीय व्यापारी बिष्णु पुरीले भने, ‘यो विषयमा नगरले पुनरावलोकन गर्नुपर्छ ।’
महोत्सवबाट आर्थिक कलेक्सन मात्र हैन परिमार्जन गर्नुपर्ने थुप्रै विषयवस्तु भएको बताउँदै होटल पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले महोत्सवलाई पैसा आर्जन गर्ने नाममा कसैलाई पनि विकृत बनाउने छुट नभएको बताए ।
आवस्यक परे कालो झण्डा देखाएर अहिले लगाउने भनिएको महोत्सवलाई विरोध गर्न समेत बाध्य हुनुपर्ने उनको भनाई छ । तर, नगरले भने कसैलाई काखा र कसैलाई पाखा नगरी सामाजिक प्राथमिकतालाई आधार बनाईएको बताएको छ । ‘माया घरको योजना र दिर्घकालिन भविष्य निक्कै शुन्दर छ त्यसैले हाम्रो माया घरको लागि सवैले सहयोग गर्नुपर्छ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
यता महोत्सवको विषयमा व्यापारीहरुले विरोध जनाएपछि हाम्रो माया घरले पनि छलफल प्रक्रिया अगाडी बढाएको छ । आज नै उधोग बाणिज्य संघलाई माया घरले सहयोगको लागि पत्र पठाएको सचिव चेत कुमार थापाले बताए । ‘विरोध छ भन्ने सुनेको छु तर हाम्रो पत्रको उधोग वाणिज्य संघले आधिकारिक जवाफ दिएको छैन,’ सचिव थापाले भने, ‘हामी छलफलबाट अगाडी बढछौं ।’
उधोग वाणिज्य संघको आजको बैठकमा बस्तुगत संस्थाले समेतविरोध जनाएका छन् । माया घरलाई अनुमति दिनु अपरिपक्क भएको वताउदै अविलम्ब उक्त निर्णय सच्याउन माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: