Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

देशलाई आर्थिक रुपमा गतिशील बनाउन सबैको मेहनत आवश्यक छः प्रचण्ड

खबरडबली संवाददाता

नेपालगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा देशलार्ई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको बताउँदै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताए।

त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिघा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुःख व्यक्त गरे।

उनले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नेपालगन्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अनुदानको मलमै कालोबजारी, सर्लाहीका किसान चर्को मूल्य तिर्न बाध्य

तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending